२०८३ साउन ९ शनिबार

राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीको आकस्मिक रक्तदान

ई आर्थिक    आइतबार, बैशाख १४ २०७७
14.9K
Shares
राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीको आकस्मिक रक्तदान

ई-आर्थिक, काठमाडौं। राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विश्वव्यापरी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण पर्न सक्ने रगतको अभावलाई ध्यानमा राखी शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

लकडाउनको विषम परिस्थितिमा पनि उक्त रक्तदान कार्यक्रममा १ सय ७२ रक्तदाताले रक्तदान गरेका थिए । इमाडोलस्थित कृष्ण प्रणामी मुल मन्दीरमा भौतिक र सामाजिक दूरी कायम गरी कोरोना भाइरस संक्रमणबाट सतर्क रहन आवश्यक मापदण्ड कायम गरी रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीका अध्यक्ष विकास सुवेदीले जानकारी दिए ।

यो विषम घडीमा ललितपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रम सफल पार्न महालक्ष्मी नगरपालिका वडा नं। ७ का वडा अध्यक्ष नकुल थापा र नविन तण्डुकार लगायत युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीको विशेष योगदान गरेको समेत सुवेदीले जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथि ललितपुर क्षेत्र नं। २ बाट निर्वाचित संघीय सांसद कृष्णलाल महर्जन, विशेष अतिथिमा बागमती प्रदेस सभा सदस्य माधव पौडेल, महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठ तथा नेकपा बागमती प्रदेश सहकारी विभाग प्रमुख शिव प्रसाद कट्टेल रहेको आयोजक सुवेदीले
जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij