मिलन खड्का, ई–आर्थिक, विराटनगर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले विराटनगर महानगरपालिकालाई सहयोग गरेकोे छ । कोरोना भाइरस संक्रमणको यस विपतको घढीमा स्थानीय तह, विपत व्यस्थापन समन्वय समितिहरुको सहकार्यमा र बिपन्न परिवारका लागि खाद्यान्नका लागि सहयोग होस भनेर उक्त सहकारीले महानगरपालिकालाई १ लाख ११ हजार सहयोग गरेको हो । उक्त नगद सहयोग रकम महानगरपालिकाका मेयर भिम पराजुली र उप–मेयर ईन्दीरा कार्कीलाई हस्तान्तरण गरिएको थियो ।
सो रकम सहारा नेपाल साकोसका ईलाका प्रमुखद्वय ओमप्रकाश साह, यादवकुमार बस्नेत बिराटनगर शाखा प्रमुख रमेश पौडेल र पुष्पलालचोक शाखा प्रमुख सुजीत साहले हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा मेयर पराजुलीले कोभिड–१९ संग जुध्नका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेकोमा जोड दिदै सहयोग गर्ने सबैप्रति धन्यवाद र आभार ब्यक्त गर्नुभयो ।

कोरोना महामारीसँग जुधिरहेको सरकारलाई साथ दिनको लागि सहकारीले सामाजिक उत्तरदायित्व अन्तरर्गत ५० लाख रुपैयाँको सहकार्य साथै राहत प्याकेज घोषणा गरेको उक्त सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बिज्ञप्ती जारी गरेर जानकारी दिनुभएको छ ।
यसअघि सहारा कर्मचारी मानवीय सहायता कोषबाट बिराटनगरमा भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका लागि बस्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मीका लागि चार लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको छ ।

सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाका सलकपुर ईलाका प्रमुख ओम प्रकाश साहले अस्पताल उद्घाटनका क्रममा प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाइ सो खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी सहकारीले रंगेली नगरपालिकालाई पनि ५०,०००/– रुपैयाँको चेक नगरपालिकाको मेयर दिलिपकुमार अग्रवाललाई प्रदान गरेको छ । सहकारीका बिराटनगर ईलाका प्रमुख बस्नेत र सहारा नेपाल साकोस रंगेलीका प्रमुख अजित कुमारसाहले हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै सहकारीले ग्रामथान गाँउपालिकालाई पनि २५,०००/– रुपैयाँको चेक गाउँपालिकाको मेयर शिवनारायण माझीलाई प्रदान गरेको छ । सहकारीका सलकपुर ईलाका प्रमुख साह, सहारा नेपाल साकोस तेतरीयाका प्रमुख उमेश चौधरी र पुष्पलालचोक शाखा प्रमुख सुजित साहले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।

सहकारीले मिक्लाजुंग गाउँपालिकालाई २५,०००/– रुपैयाँ बराबरको खाद्यन्न, उर्लाबारी नगरपालिकालाई ५०,०००/– रुपैयाँ नगद, पथरीशनिश्चरे नगरपालिकामा ५०,०००/– रुपैयाँ नगद, लेटाङ नगरपालिकालाई ५०,०००/– रुपैयाँ नगद, बेलबारी नगरपालिकालाई ५०,०००/– रुपैयाँ नगद र केराबारी गाउपालिलाई २५,०००/– रुपैयाँ प्रदान गरेको छ । उक्त २ लाख ५० हजार रुपैयाँ बराबरको उक्त सहयोग सहारा नेपाल साकोसका कार्यालय प्रमुखहरुले हस्तान्तरण गरेका हुन ।

सदस्यलाई सापटी राहत प्याकेजको लागि ७ करोड
यसैबीच सहकारीले कोभिड–१९ को महामारीका कारण लकडाउनमा परेका आप्mना सदस्यहरुलाई सस्थाले बिना व्याज सापटी कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
लघुवित्त समुहमा रहेका गरिब तथा विपन्न परिवारलाई लक डाउनका कारण दैनिकी चलाउन समस्या भएको भन्दै सस्थाले बिना व्याज ५ हजार रुपैयाँसम्म सापटी दिने कार्यक्रम ल्याएको हो ।
एक लाख ४३ हजार लघुवित्त समुहमा सदस्य रहेको सस्थाले यो कार्यक्रमका लागि ७ करोड रुपैयाँ छुट्याएको सस्थाका कार्यकारी अधिकृत गिरीले ई–आर्थिक डट कमलाई जानकारी दिनुभयो ।
२ महिनासम्म सदस्यहरुले बिना व्याज सो रकम सापटीको रुपमा चलाउन पाउने उहाँले बताउनुभयो । संस्थाले सदस्यहरुको सेवाका लागि कर्मचारीमार्फत सो सेवा पु¥याइने छ ।
झापाको चारपानेमा केन्द्रिय कार्यलय भएको सहारा नेपाल साकोसको पुर्वाञ्चलको ६ जिल्लामा कार्यक्षेत्र रही १ लाख ४३ हजार सदस्यलाई सेवा प्रदान गर्दै आइरहेको छ ।