२०८३ साउन ११ सोमबार

सहारा नेपाल साकोसद्वारा चौदण्डीगढी नगरपालिकालाई ५० हजार सहयोग

ई आर्थिक    बुधबार, बैशाख १० २०७७
13K
Shares
सहारा नेपाल साकोसद्वारा चौदण्डीगढी नगरपालिकालाई ५० हजार सहयोग

ई–आर्थिक, उदयपुर, बेल्टार । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको बेल्टार सेवा केन्द्रले चौदण्डीगढी नगरपालिकालाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । कोरोना भाइरस संक्रमणको विपतमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको बेल्टार सेवा केन्द्रका प्रमुख सुजनकुमार कार्कीले जानकारी दिए ।

मुलुकमा लकडाउन चलिरहेका कारण नगरपालिका भित्र दैनिक ज्याला मजदुर गरी गुजारा चलाउने अति विपन्न परिवारलाई दैनिक छाक टार्न गाह्रो भएको विषम परिस्थितिलाई मध्येनजर गरेर दिएको उक्त सहयोगले केही मात्र भएपनि लक्षित वर्गलाई सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ ।

उक्त रकमको चेक संस्थाका उक्त सेवा केन्द्र प्रमुख कार्कीले नगरपालिकाको कार्यालयमा पुगी उप–प्रमुख रिता कुमारी चौधरीलाई हस्तारन्तरण गरेका थिए ।

विपतको घडीमा संस्थाले गरेको सहयोग महत्वपूर्ण भएको उप–प्रमुख चौधरीले बताइन् । उक्त रकम हस्तान्तरणको समयमा उनले सहयोगी मन र संस्थालाई  धन्यवाद समेत दिइन् ।

संस्थाले उदयपुरको बेल्टार बजारमा सेवा केन्द्र स्थापना गरी लक्षित बर्गलाई सहकारी र लघुवित्तसँग सम्बन्धित सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको प्रमुख कार्कीले जानकारी दिए ।

स्मरणीयत के छ भने संस्थाले आफ्नो कार्यक्षेत्र रहेको विभिन्न स्थानीय निकायहरुलाई लाखौं रुपैयाँ सहयोग गरिसकेको छ । त्यसैगरी लघुवित्त समुहमा रहेका गरिब तथा विपन्न परिवारलाई लक डाउनका कारण दैनिकी चलाउन समस्या भएको भन्दै सस्थाले बिना व्याज ५ हजार रुपैयाँसम्म सापटी दिने कार्यक्रम समेत ल्याएको छ ।

एक लाख ४३ हजार लघुवित्त समुहमा सदस्य रहेको सस्थाले यो कार्यक्रमका लागि ७ करोड रुपैयाँ छुट्याएको सस्थाका कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले ई–आर्थिक डट कमलाई जानकारी दिए ।

२ महिनासम्म सदस्यहरुले बिना व्याज सो रकम सापटीको रुपमा चलाउन पाउने उनले बताए । संस्थाले सदस्यहरुको सेवाका लागि कर्मचारीमार्फत सो सेवा पु¥याइने व्यवस्था मिलाएको छ ।

झापाको चारपानेमा केन्द्रिय कार्यलय भएको सहारा नेपाल साकोसको पुर्वाञ्चलको ६ जिल्लामा कार्यक्षेत्र रही १ लाख ४३ हजार सदस्यलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij