ई आर्थिक, काठमाडौं । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमानले नेपालमा रहेका ३०७ जना पर्यटक लिएर फर्किएको छ । जर्मन दूताबासले आफ्ना नागरिकको उद्धारका लागि सो विमान चार्टड गरेर काठमाडौ ल्याएको हो ।
सो विमानमा तीन बालबालिका सहित ३०७ जना जर्मन र फ्रेन्च नागरिक रहेको र विमान मध्यान्न ११ः ५० मा काठमाडौबाट उडेको बताईएको छ। बाँकीलाई भोलि बिहान ११ः ५० बजेको सोही बिमानबाट स्वदेश लाने जनाइएको छ।
नेपालमा विभिन्न मुलुकका गरी करिब १० हजार पर्यटक रहेको बिभिन्न सम्बन्धित निकायले जनाएको छ।यि पर्यटक मध्ये धेरैले भिषा थपेर बसेको र केही विभिन्न परिस्थितिले रोकिएको बताईएको छ।