२०८३ साउन १० आइतबार

कोरोना संक्रमण रोकथाममा उद्योगी राउतको ११ लाख सहयोग, मनकारी समाजसेवी राउतप्रति सर्वसाधारणको ‘स्यावासी’

ई आर्थिक    मंगलबार, चैत्र ११ २०७६
14.6K
Shares
कोरोना संक्रमण रोकथाममा उद्योगी राउतको ११ लाख सहयोग, मनकारी समाजसेवी राउतप्रति सर्वसाधारणको ‘स्यावासी’

ई–आर्थिक, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष तथा विराटनगरका प्रतिष्ठित उद्योगी राजेन्द्र राउतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि ११ लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गर्ने छुट्टै कोषमा जम्मा गरेका हु्न् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अक्रान्त पारिरहेको छ । नेपालमा समेत यसको जोखिम बढिरहेको सन्दर्भमा यो संकटको बेला भइपरि आउने अवस्थामा सरकारलाई मद्दत मिलोस् भनेर आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गरेको राउतले बताए ।

राउतले प्रदेश १ मा रहेका २३ वटा उद्योग वाणिज्य महासंघका शाखाहरुलाई पाँच–पाँचसय वटाका मास्क र ५–५ लिटर सेनिटाइजर पनि उपलब्ध गराएका छन् ।

राष्ट्रिय संकटको यो घडीमा विराटनगरका अग्रणी उद्योगी तथा समाजसेवी राउतले देखाए उदारताको अहिले चौतर्फी प्रशंसा गरिएको छ । उनले गरेको सहयोगको कारण अहिले सामाजिक सञ्जालहरुमा स्यालुट र स्यावासीको ओइरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij