२०८३ असोज २ शुक्रबार

सिभिल बैंकको शाखा अब अत्तरखेलमा

ई आर्थिक    आइतबार, चैत्र ९ २०७६
4.5K
Shares
सिभिल बैंकको शाखा अब अत्तरखेलमा

ई आर्थिक, काठमाडौं। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाण्डौ जिल्लाको अत्तरखेलमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।

अत्तरखेल शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाले संयुक्त रुपमा गरे। नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सूचनालाई पालन गर्दै पूर्व निर्धारित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारिक रुपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको थियो ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजल, काठमाडौलाई विद्यालयको ई–लाईव्रेरीको लागि १ थान कम्प्युटर तथा श्री रामजानकी आधारभुत विद्यालय, नयॉपाटी, काठमाडौका विद्यार्थीहरुका लागि ५० थान स्कूल ब्याग हस्तान्तरण बैंकले गरेको छ ।

हाल बैंकले ११३ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएका छ । साथै बैंकको ४३०,००० भन्दा बढी ग्राहकहरु रहेको र करीव रु. ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु। ५२ अर्व कर्जा लगानी गरेकोे बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij