२०८३ साउन ९ शनिबार

मुक्तिनाथ विकास बैंकका प्रदेश–५ का ग्राहकले विभिन्न सेवामा छुट पाउने

ई आर्थिक    शनिबार, चैत्र ८ २०७६
8.1K
Shares
मुक्तिनाथ विकास बैंकका प्रदेश–५ का ग्राहकले विभिन्न सेवामा छुट पाउने

ई–आर्थिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले प्रदेश–५ अन्तर्गत दाङ्ग, बर्दिया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा छुट पाउने भएका छन् । उक्त संस्थाहरुमा विशेष सुहलियत दिने सम्बन्धमा सम्बन्धित संस्थासँग संझौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौताहरु अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त हुने भएको छ ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ, आस्वा सेवा, निःशुल्क डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरूङले जानकारी दिए ।

छुट प्राप्त गर्न सकिने संघ/संस्थाहरु

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij