२०८३ साउन ९ शनिबार

सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा

ई आर्थिक    शुक्रबार, चैत्र ७ २०७६
9.2K
Shares
सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा

ई आर्थिक, काठमाडौं। सनराइज बैंकले “सनराइज एनआरएन बचत खाता” संचालनमा ल्याएको छ । विदेशमा बस्ने गैर आवासीय नेपालीहरुलाई केन्द्रित गरी बैंकले उक्त खाता सञ्चालनमा ल्याएको हो।

यस खाताअनुसार गैरआवासीय नेपालीले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा एफसिवाइ फिक्स्ड डिपोजिट खाता खोल्न सक्ने बैंकले जनाएको छ।जम्मा भएको सो रकम तोकिएको समय अवधिपछि विनाझण्झट विदेशमा फिर्ता लैजान सकिने बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

दुई देखि पाँच वर्ष अवधिका लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वार्षिक चार प्रतिशत ब्याज दिने व्यवस्था गरिएको छ। विदेशमा पाइने ब्याजभन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकलाई नेपालमा पैसा राख्न आकर्षित गर्ने बैंकको विश्वास छ।

यसका लागि विदेशबाटै अनलाइन खाता खोल्ने व्यवस्थासमेत रहेको बैंकले जनाएको छ। उक्त मुद्दती खाताका आधारमा ग्राहकले ९० प्रतिशतसम्मको कर्जासमेत लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij