२०८३ साउन ९ शनिबार

पेट्रोल र डिजल दुई/दुई रुपैयाँले घट्यो

ई आर्थिक    मंगलबार, चैत्र ४ २०७६
7.8K
Shares
पेट्रोल र डिजल दुई/दुई रुपैयाँले घट्यो

ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । डिजेल र पेट्रोलमा २÷२ रुपैयाँ घटाइएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

समायोजन गरिएको पछिल्लो मूल्य अनुसार काठमाडौंमा अब प्रतिलिटर पेट्रोल १०६ र डिजेल ९५ रुपैयाँमा पाइने भएको छ । निगमले मट्टितेलको मुल्य पनि प्रतिलिटर ९५ रुपैयाँ कायम गरेको छ ।

डिजेल र पेट्रोलको मूल्य घटेपनि खाना पकाउने एलपी ग्याँसको मुल्य भने नघटेको निगमले जानकारी दिएको छ । मूल्य समायोजनको चर्चा चलेपछि बजारमा केही समय अभाव समेत सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij