२०८३ भाद्र ३१ बुधबार

प्राइम कमर्सियल बैंकद्वारा कैलाश विकास बैंक प्राप्ति, आजदेखि एकीकृत कारोबार सुरु

ई आर्थिक    बिहिबार, फाल्गुन २९ २०७६
7.5K
Shares
प्राइम कमर्सियल बैंकद्वारा कैलाश विकास बैंक प्राप्ति, आजदेखि एकीकृत कारोबार सुरु

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गरी आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम अयोजना गरी बैंकले एकीकृत कारोबारको औपचारीक घोषणा गरेको हो । गत असार २० गते भएको सम्झौता अनुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले १०० बराबर ९४ दरको स्वाप रेसियोमा प्राप्ति गरेको हो ।

प्राइम र कैलाश गाभिएपछि बनेको प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी करिब १४ अर्ब रुपैयाँ पुगेको छ भने पूँजीकोष करिब १९ अर्ब पुगेको छ । एकीकृत कारोबारको औपचारीक सुरुवात गर्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले आफ्नो पूँजी बढाई अझ विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्नका लागि मर्जरलाई विशेष प्राथमिकतामा राखेको बताए । उनले कैलाश विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको पोर्टफोलियो १ खर्ब ३० अर्ब भन्दा बढी पुगेको बताए ।

मर्जपछि बैंकको शाखा १ सय ९९ पुगेको छ । त्यस्तै बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij