ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको जानकारी दिएको छ ।
उक्त रकम बराबरको चेक बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईलाई हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरी बैंकले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पु¥याउँदै आएको पनि जानकारी दिएको छ ।