२०८३ साउन ९ शनिबार

उद्योग बाणिज्य महासंघको कर्णाली प्रदेशिक कार्यालयको उद्घाटन, जडिबुटी र पर्यटन उद्योगले कर्णालीलाई समृद्ध बनाउने अध्यक्ष राणाको भनाई

ई आर्थिक    शुक्रबार, फाल्गुन २ २०७६
18.8K
Shares
उद्योग बाणिज्य महासंघको कर्णाली प्रदेशिक कार्यालयको उद्घाटन, जडिबुटी र पर्यटन उद्योगले कर्णालीलाई समृद्ध बनाउने अध्यक्ष राणाको भनाई

ई–आर्थिक, सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योगहरुको विकास बिना कर्णाली प्रदेशको आर्थिक समृद्धि असम्भव रहेको बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको प्रादेशिक कार्यालय उद्घाटन गर्दै अध्यक्ष राणाले कर्णालीको आर्थिक समृद्धिका लागि उद्योग क्षेत्रको विकास आवश्यक रहेको बताइन् ।

‘औद्योगिक क्षेत्रको विकास बिना कुनै पनि क्षेत्रको आर्थिक समृद्धि सम्भव छैन’उनले भनिन्, ‘कर्णालीमा जडिबुटी उद्योग र पर्यटन क्षेत्रबाट नै आर्थिक समृद्धि हासिलगर्न सकिन्छ ।’ कर्णालीमा जडिबुटी र पर्यटन क्षेत्रको राम्रो सम्भावना रहेको उल्लेख गर्दै राणाले पर्यटकीय क्षेत्रको पूर्वाधार र महंगीलाई कम गर्न सकिए मात्रै पर्यटकहरु आउने बताइन् ।

भौगोलिक विकटता, हवाई क्षेत्रको महंगीकै कारण कर्णालीमा आउन चाहने विदेशी पर्यटकहरु पनि अन्य क्षेत्रमा जान बाध्य हुने राणाको भनाइ छ । त्यस्तै अर्को प्रशङ्गमा अध्यक्ष राणाले बाँके र बर्दिया कर्णाली प्रदेशमा गाभिनु पर्ने धारणा राखिन् ।

कर्णाली प्रदेशको प्रवेशद्वारा नै बाँके र बर्दिया भएको उल्लेख गर्दै उनले कर्णालीको औद्योगिक क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको बताइन् । त्यस्तै, उद्योग वाणिज्य संघका केन्दीय सदस्य निरक केसीले कर्णालीको आर्थिक विकासमा प्रदेश सरकार र नीजि क्षेत्रले सहकार्य गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij