२०८३ साउन १२ मंगलबार

एसबिआई बैंकले साढे २ अर्बको ऋणपत्र विक्री गर्ने

ई आर्थिक    सोमबार, माघ २० २०७६
10.1K
Shares
एसबिआई बैंकले साढे २ अर्बको ऋणपत्र विक्री गर्ने

ई–आर्थिक, काठमाडौं । नेपाल एसबीआई बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रका लागि माघ २८ गतेबाट आवेदन खुला भई छिटोमा फागुन २ गने र ढिलोमा फागुन २८ गते बन्द हुने बैंकले जनाएको छ ।

१० वर्ष अवधि र १० प्रतिशत व्याजदर रहेको ऋणपत्र प्रति इकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई रहेको छ । त्यसमध्ये १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा संघ संस्थालाई बिक्री गरी बाँकी १० लाखमध्ये ९ लाख ५० हजार इकाई सर्वसाधारणलाई र ५० हजार म्युचुअल फण्डका लागि छुट्याइएको छ ।

सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि बैंकले जारी गर्न लागेको ‘नेपाल एसबीआई डिबेन्चर २०८६’ लाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको छ। यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने रेटिङ हो ।

पछिल्लो समयमा बैंकहरुले दिर्घकालिन पुँजी जुटाउनका लागि ऋणपत्र जारी गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले पनि आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पूँजीको कम्तीमा २५ प्रतिशत ऋणपत्र जारी गरिसक्नुपर्ने ब्यवस्था गरिएको छ । बैंकहरुले पनि यसमा असहमति राख्दै अनिवार्य जारी गर्नुपर्ने व्यवस्था हटाउन माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij