२०८३ साउन ११ सोमबार

जीडीपीलाई सहयोग पुग्ने गरी कर्जा प्रवाह गर्न वित्तीय क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

ई आर्थिक    शुक्रबार, माघ १० २०७६
5.1K
Shares
जीडीपीलाई सहयोग पुग्ने गरी कर्जा प्रवाह गर्न वित्तीय क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव

ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कुल ग्राहस्थ उत्पादन (जीडीपी) लाई सघाउ पुग्ने गरी कर्जा उपलब्ध गराउन आग्रह गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कर्जा र जीडीपीको अनुपात ८० प्रतिशत नाघ्न थालेको भन्दै बैंकहरुलाई सचेत गराउँदै उक्त निर्देशन दिएका हुन ।

नेपालको कुल ग्राहस्थ उत्पादन र कर्जाको अनुपातको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत चासो देखाइसकेको अवस्थामा बैंकहरुले कर्जाको आयतन बढाउने भन्दा पनि उत्पादन मुलक क्षेत्रमा कर्जा बढाउन ध्यान दिन उनले आग्रह गरे ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने– ‘कर्जा र जीडीपीको अनुपात पनि ८० प्रतिशत नाघ्न थाल्यो यात त कर्जा धेरै छिटो बढीरहेको छ या त जीडीपी अली सोचेजस्तो वृद्धि भएको छैन ।’ उनले अहिलेको अवस्थामा कुल ग्राहस्थ उत्पादनको गणना विधि परिमार्जन गर्नुपर्ने अवस्था समेत आएको बताए ।

तरपनि बैंकहरुले कर्जा बढाउँदै गए राष्ट्र बैंकले क्रेडिट सिलिङ लगाउनुपर्ने अवस्था आउने उनले बताए। उनले भने, ‘कुल ग्राहस्थ उत्पादन बढाउनेतर्फ बैंकहरु लाग्न प¥यो कर्जाको आयतन बढाएर अब हामीले उत्पादन बढाउन सकेनौं भने यस्तो दिन आउँछ जुन दिन हामीले पहिला पहिला क्रेडिट सिलिङ लगाउने गथ्र्यो  ।’

उनले राष्ट्रिय वाणिज्य बैंकलाई ब्याजदरमा ध्यान दिन पनि आग्रह गरे। उनले निक्षेपमा कम ब्याजदर दिएकोले बचतकर्ता निरास हुन सक्ने र बचत बाहिरिन सक्ने भएकाले ध्यान दिन आग्रह गरे। उनले दिर्घकालीन रुपमा ठूला लगानीमा प्रवाह हुने कर्जामा स्थिर ब्याजदर कायम गर्ने विषयमा राष्ट्रिय वाणिज्य बैंकले नेतृत्व लिन सक्ने समेत बताए ।

उनले बैंकहरु सुरक्षित हुने र व्यवसाय धारापमा पर्ने गरी ब्याजदर उतारचढाव हुँदा बैंक कहिल्यैपनि सुरक्षित हुन नसक्ने बताए ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले साना तथा मझौला कर्जा र सहुलियत ब्याजदरको कर्जाको कार्यान्वयनमा जोड दिएको बताए। उनले गत वर्ष ५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको र यस वर्ष लामो समयपछि १२ प्रतिशत लाभांश दिन सफल भएको समेत बताए ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा बैंकले १ खर्ब ९७ अर्ब कुल निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा लगानी गरेको तथा २ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा कमाएको जानकारी दिए । उनले बैंकको कुल सम्पत्ती २ खर्ब ५० अर्ब पुगेको तथा कर्जा पूँजी निक्षेप अनुपात ७७ प्रतिशत रहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij