२०८३ भाद्र ३० मंगलबार

राष्ट्रिय वाणिज्य बैंकको सीईओको सर्टलिस्टमा परेका पाँच जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाइयो

ई आर्थिक    सोमबार, जेष्ठ ७ २०८१
7.2K
Shares
राष्ट्रिय वाणिज्य बैंकको सीईओको सर्टलिस्टमा परेका पाँच जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाइयो

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जनाको नाम ‘सर्टलिस्टेड’ भएको छ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट उपसमितिको आइतबार बसेको बैठकले आवेदन दिएकामध्ये सर्टलिस्टमा पाँचको नाम छनोट गरी व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको हो ।

सीईओका लागि नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर कार्की, राष्ट्रिय वाणिज्यकै डेपुटी सीईओ देवेन्द्ररमण खनालसहित प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन् । ९ जेठमा बैंक केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।

सीईओका लागि २० जनाले आवेदन दिएकोमा पाँचको नाम सर्टलिस्टमा परेको हो । बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएसँगै ७ वैशाखमा बैंकले सीईओ आवेदन मागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij