२०८३ साउन ९ शनिबार

अब ‘यु ट्युब’मार्फत सुदूरपश्चिम प्रदेशसभाको बैठकका गतिविधि हेर्न सकिने

ई आर्थिक    सोमबार, पौस २८ २०७६
4.4K
Shares
अब ‘यु ट्युब’मार्फत सुदूरपश्चिम प्रदेशसभाको बैठकका गतिविधि हेर्न सकिने

ई–आर्थिक, कैलाली। सुदूरपश्चिम प्रदेशसभा भवनमा हुने प्रदेशसभा बैठक सञ्चालनका गतिविधि अब ‘युट्युब’मार्फत हेर्न सकिने भएको छ ।

अहिलेसम्म भए/गरेका कार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सभामुख अर्जुनबहादुर थापाले आवश्यकताअनुसार ‘युट्युब लाइभ’ को व्यवस्थामार्फत प्रदेश सभा बैठक सञ्चालनका गतिविधि प्रत्यक्ष प्रसारण गरिने जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभाको युट्युबमार्फत वेभसाइट लग इन गरी हेर्न सकिने जनाइएको छ । यसअघि प्रदेशसभाको बैठकका गतिविधिको अडियोको रेकर्डमात्र हुने गरेको थियो ।

प्रदेशका ९ वटै जिल्लामा प्रदेश सभाको सम्बन्ध स्थापना गर्नमा टेवा पुर्‍याउन, संसदीय गतिविधि जनतासमक्ष पुर्‍याइ सूचना आदानप्रदानका लागि प्रदेशसभाका साथै प्रत्येक जिल्लाका जिल्ला समन्वय समिति कार्यालयमा ‘भिडियो कन्फ्रेन्स’ समेत जडान गरिएको छ ।

प्रदेशसभा बैठकद्वारा भए/गरेका गतिविधिको सूचना सम्प्रेषण गर्नमा सहजता ल्याउन ‘मिडिया सेन्टर’ स्थापनाका साथै प्रदेश सभा सदस्य बस्ने टेबलमा ‘डिजिटल माइक’को व्यवस्था र प्रदेश सभाको ‘रेकर्डिङ सिस्टम’को स्तरोन्नति गरिएको छ ।

आउँदा दिनमा प्रदेशसभाका विषयगत समितिको बैठक कक्ष निर्माण, ई–लाइब्रेरी स्थापना, आवश्यक ठाउँमा सीसीटीभी क्यामरा जडानलगायतका कार्य गर्ने लक्ष्य प्रदेश सभा सचिवालयको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij