२०८३ साउन ९ शनिबार

एभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा

ई आर्थिक    बुधबार, पौस २३ २०७६
6.2K
Shares
एभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा

ई–आर्थिक, काठमाडौं । एभरेष्ट बैंकले पान नेपालको उपस्थितिमा अग्रणी वाणिज्य बैंक बन्ने र एउटै छानामुनि वित्तिय सेवा तथा सुविधा प्रदान गर्ने घरयासी नाम बन्नका लागि एभरेष्ट बैंकमा खाता खोल्ने एनआरएलाई विशेष सुविधा पु¥याउने उद्देश्यले एनआरएनएसँग संझौता पत्रमा हस्ताक्षर गरेको छ ।

एभरेष्ट बैंकको प्रधान कार्यालय लाजिम्पाटमा भएको एक समारोहबीच एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्तकुमार दबादी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगी र एभरेष्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरुको उपस्थितिमा एमओयूमा हस्ताक्षर गरिएको हो ।

ईबीएलले एनआरएन बचत खातामा निशुल्क एटिएम, इन्टरनेट÷मोबाइल बैकिंग, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९५ शाखाहरु, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij