२०८३ साउन ९ शनिबार

माछापुच्छ्रे बैंकको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा

ई आर्थिक    बुधबार, पौस २३ २०७६
7.5K
Shares
माछापुच्छ्रे बैंकको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा

ई–आर्थिक, काठमाडौं । माछापुच्छ्रे बैंकले ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको छ । यो सेवा केन्द्र अन्तर्राष्ट्रिय स्तरको एसआइपी पिबिएक्समा आधरित आइभिआर बैंकिङ्ग र अडियो नोटिस बोर्ड सहितको हो ।

आफ्ना ग्राहकलाई छिटो, छरितो र सहज रुपमा सुविधा प्रदान गर्न अत्याधुनिक केन्द्र संचालनमा ल्याएको बैंकले जनाएको छ । यस केन्द्रमा बैंकका ग्राहकले बैंकको बिभिन्न सामजिक संजालमार्फत सिधै सम्र्पक राख्ने सक्ने प्रबन्ध मिलाइएको बैंकले जानकारी दिएको छ । यो सेवाले बैंकका देश तथा बिदेशमा रहेका ग्राहकलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्न सजिलो भएको छ । ग्राहकले ०१५९७०५५५ नम्बरमा फोन गरेर आवश्यक जानकारी लिन सक्ने ब्यबस्था गरिएको छ ।

यस्तो सेवाले ग्राहकलाई बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारी मिल्ने बैंकको विज्ञप्तिमा जनाइएको छ । अहिले बैंकका देशभर १४५ वटा शाखा, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी २८३ सेवा सञ्जाल छन् । बैंकका १७९ वटा एटीएम तथा १ हजारभन्दा बढि पिओएस छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij