ज्ञानबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत
ई–आर्थिक, काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड, काठमाडौंको २० औं वार्षिक साधारण सभा संघका अध्यक्ष टेकप्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधरणसभाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले गर्नुभएको थियो । सभाको उद्घाटन गर्दै अध्यक्ष बडालले संघको ७७ वटै जिल्लाको केन्द्र र ठूलो संघ भएकाले पनि काठमाडौं जिल्ला सहकारी संघ अरू जिल्ला संघहरू भन्दा फरक हुनुपर्ने बताउनुभयो । उहाँले काठमाडौं जिल्ला सहकारी संघको आफ्नै भवनको आवश्यकता पनि औल्याउनु भयो । ज्ञानबाहादुर तामाङ अध्यक्ष भएको नयाँ कार्यसमितिले संघको भवन बनाउनु पर्ने भन्दै उहाँले उक्त कार्यको लागि शुभकामना पनि दिनुभयो ।
सहकारी सामाजिक कार्य गर्ने ठाउँ भएको बताउदै बडालले सहकारी अभियन्ताहरूले व्यक्तिगत स्वार्थको निम्ति नभई राष्ट्र र सदस्यको हितको निम्ति कार्य गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
सभाका विशेष अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले सहकारी साझा अभियान भएको हुनाले सबैले हातेमालो गरेर अगाडि बढाउन आग्रह गर्नुभयो । कार्यक्रमका विशेष अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा आई. सि. ए ग्लोबल बोर्ड मेम्बर ओमदेबी मल्लले काठमाडौं जिल्ला सहकारी संघले उदाहरणिय जिल्ला सहकारी संघको परीचय दिन सफल रहेको भन्दै प्रशंसा गर्नुभयो । सभामा बोल्दै उहाँले संघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा ३३ प्रतिशत महिलाको सहभागीता पनि जिल्ला सहकारी संघ काठमाडौंले पहिलोपटक गरेको बताउनुभयो ।

कार्यक्रमका अर्का विशेष अतिथि राष्ट्रिय सहकारी महासंघका लेख सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारी सेवा गर्ने क्षेत्र भएको हुनाले यस क्षेत्रमा राजनीति नगरी समझदारीमा कार्य गर्नुपर्ने बताउनुभयो । त्यस्तै अर्का विशेष अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा संघको पूर्वअध्यक्ष के.बि. उप्रेतिले निर्वाचन नगरी सहमतिमै आगामी कार्यकालका पदाधिकारीहरू चयन भएकोमा खुशी व्यक्त गर्नुभयो । सहकारी बैंक सधै जिल्ला संघ लगायत अरू सहकारी संस्थाहरूलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का नवनिर्वाचित अध्यक्ष परितोष पौडेल, नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा लगायतले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा निर्वाचन समितिको तर्फबाट निर्वाचन समितिका सदस्य तथा सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले जिल्ला सहकारी संघ, काठमाडौंका निर्विरोध निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिनुभएको थियो । दुई सत्रमा समपन्न कार्यक्रमको पहिलो सत्रमा साधारणसभा सम्बन्धी कार्यक्रम गरिएको थियो भने दोस्रो सत्रमा काठमाडौं जिल्ला संघका निर्विरोध निर्वाचित पदाधिकारीहरूको नाम घोषणा, सपथका साथै निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिने कार्यक्रम राखिएको थियो ।

सभामा शुभकामना दिदै केन्दीय बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष पुष्प पौडेलले सहकार्य र समन्वयको भावनाले समग्र सहकारी कै हित हुने र यस तर्फउन्मुख हुन समेत नबनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिनुभयो । मन्तब्यकै क्रममा काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष तथा केन्दि«य बहुउद्देश्यीय सहकारी संघका सदस्य मनोज थापाले काठमाडौं जिल्ला सहकारी संघ लि.का निबर्तमा अध्यक्ष्य टेकप्रसाद चौलागाईले नेतृत्व चयनको कार्यमा देखाउनु भएको गहन भूमिको प्रसंसा गर्नुभयो । उहाँले निवर्तमान अध्यक्षलाई सबै तिरबाट बधाई तथा प्रसंसा आएको पनि ब्यक्त गर्नुभयो । अध्यक्ष थापाले आफुले अभिभाबक संघको रुपमा जिल्ला सहकारी संघ लि. काठमाडौको नेतृत्वलाई देख्न चाहेको र काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ सधै साथमा रहने छ भन्दै नबनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिनुभएको थियो ।
शुभकामना मन्तब्यकै क्रममा संघका निवर्तमान अध्यक्ष टेकप्रसाद चौलागाईले आफ्नो भाबपूर्ण सम्बोधन गर्दै संघको बिगत केलाउनु भएको थियो । अध्यक्ष चौलागाईले सम्वोधनकै क्रममा नँया नेतृत्वलाई सधै आफ्नो साथ र सहयोग रहने प्रतिज्ञा समेत ब्यतm गर्दै सभा अन्त्य भएको समेत उद्घोष गर्नुभएको थियो ।
ज्ञानबहादुर तामाङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिमा अरू को–को ?

जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंको नयाँ कार्यसमिति चयन सर्वसम्मत भएको थियो । साधारणसभाको अघिल्लो दिन भएको सर्वसम्मत सहमतिमा सर्वपक्षिय छलफल भएको थियो । सर्वसम्मत कार्यसमितिको अध्यक्षमा संघका उपाध्यक्ष ज्ञानबहादुर तामाङ रहनुभएको छ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य समेत रहनुभएका तामाङ नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुनुहुन्छ ।
प्रसस्तै उम्मेद्वारका आकांक्षी हुँदाहुदै पनि संघले नयाँ कार्यसमिति चयनलाई सर्वसम्मतमा टुंग्याउन सफल भएको संघका अध्यक्ष टेकप्रसाद चौलागाईले जानकारी दिए ।
सर्वसम्मतका लागि लामो समय छलफल भएको थियो । छलफलमा नेकपा र नेपाली काँग्रेस समर्थक सहकारीबीच मूख्य छलफल भएको थियो ।
संघको उपाध्यक्षमा खेमराज सुबेदीलाई सर्वसम्मत चयन भएका छन् । उहाँ संघका महासचिव हुनुहुन्थ्यो भने सहयात्री बहुउद्देश्यीय सहकारीका अध्यक्ष हुनुहुन्छ । त्यस्तै महिला उपाध्यक्षमा सीता ढकाल, महासचिवमा मनोज भण्डारी, सचिवमा बालकुमार बास्तोला र कोषाध्यक्षमा सीता भट्टराईलाई सर्वसम्मत चयन हुनुभएको थियो ।
त्यसैगरी सर्वसम्मतमा परेका सञ्चालक समितिका सदस्यहरुमा अमारावती महर्जन, सुदर्शन थापा, रमेश विडारी, सपना अर्याल, दयाराम प्रजापति, रविन्द्र श्रेष्ठ र अर्जुन भट्टराई रहनुभएको छ । त्यस्तै लेखा समिति संयोजकमा सुमन के.सी.लाई चयन हुनुभएको छ भने सदस्यमा गीता रेग्मी र देबकुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको थियो ।