२०८३ साउन ९ शनिबार

हुन्डाईले भेन्यु डिजिटल अभियानका विजेताहरुको नाम घोषणा

ई आर्थिक    बुधबार, पौस १६ २०७६
6.6K
Shares
हुन्डाईले भेन्यु डिजिटल अभियानका विजेताहरुको नाम घोषणा

ई–आर्थिक, काठमाडौं । नेपालका लागि हुन्डाई अटोमोवाइलको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानको भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ । हुन्डाई भेन्युको प्रवद्र्धनको लागि आयोजना गरिएको अभियानमा ‘स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरु मध्ये ‘स्पट दि भेन्यु’ मा १०६ प्रतियोगिहरू र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ मा ७१६ प्रतियोगिहरुले सहभागिता जनाएका थिए । अत्याधिक प्रतिक्रिया प्राप्त गरिएको अभियानका विजेताहरू ‘लक्की–ड्र’ बाट छानिएको हो ।

स्पट भेन्यु एक खुला प्रतियोगिता थियो जसमा कुनै पनि व्यक्तिले हुन्डाई भेन्युका साथमा आफ्नो तस्विर लिई फेसबुकमा पब्लिक बनाई पोष्ट गर्नु पर्ने थियो । सो पोष्टमा अनिवार्य रुपमा #Hyundai Venue, #International Destination (सिंगापूर/मलेसिया/थाइल्याण्ड/दुबई ) र #Domestic Destination मा ( पोखरा/ चितवन/नगरकोट/धुलिखेल) उल्लेख गर्नु पर्ने थियो । लक्की ड्र मार्फत छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक ट्रिप र बलराम विष्टले थाइल्याण्डको इन्टरनेसनल ट्रिपको प्याकेज जितेका छन् ।

त्यसरी नै टेष्ट ड्राइभ भेन्यु एण्ड वीन प्रतियोगिता अन्तर्गत प्रतियोगिहरुले नेपाल भरि रहेको कुनै पनि हुन्डाईको शोरुममा गई टेष्ट ड्राइभ गरेर सहभागिता जनाएका थिए । सबै प्रतियोगी मध्ये बसन्तकुमार श्रेष्ठ, सुमनराज रिजाल र ईन्द्रबहादुर सुनुवार तीन भाग्यशाली विजेता बन्न सफल भएका छन् । बिजेताहरुले आफ्ना जोडिका लागि पोखरा/चितवन/नगरकोट/धुलिखेलमा डोमेस्टिक ट्रिप जितेका छन् ।

हुन्डाई भेन्युको २२ अगस्ट २०१९ मा नेपालमा भव्यताका साथ विक्री वितरण सुरु गरिएको थियो । सुरुवातकै छोटो अवधिमा हुन्डाई भेन्युले अटोमोवाइल बजारमा आफ्नो वर्चस्व कायम गरेको छ । अटोमोवईल बजारमा निकै राम्रो पकड भएको हुन्डाई भेन्युले हालै आयोजित आई. सी. ओ. टि. वाई २०२० को अन्तर्गत भारतीय कार अफ दि ईयर अवार्ड पनि प्राप्त गरेको छ । यस विधामा पुरष्कृत हुने भेन्यु हुन्डाईको छैटौं मोडेल बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij