२०८३ साउन १२ मंगलबार

नेपाल बंगलादेश बैंकले १२ प्रतिशत लाभांश दिने

ई आर्थिक    मंगलबार, पौस ८ २०७६
4.4K
Shares
नेपाल बंगलादेश बैंकले १२ प्रतिशत लाभांश दिने

ई–आर्थिक, काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आर्थिक बर्षको खुद नाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको सोमबार बसेको २५ औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

त्यस्तै अर्को कुनै बैंक वा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने तथा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सहमति तथा सम्झौता गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने पस्ताव समेत पारित भएको छ।

आर्थिक वर्ष २०७५÷०७६ मा बैंकले कुल निक्षेमा २४ दशमलव ५५ प्रतिशतले वृद्धि गरी ५९ अर्ब ७६ करोड रुपैयाँ पुर्याएको र ५५ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। बैंकले गत वर्ष १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो। त्यस्तै बैंकको निष्कृय कर्जा भने १ दशमलव ७४ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij