२०८३ साउन १० आइतबार

कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

ई आर्थिक    शुक्रबार, पौस ४ २०७६
5.1K
Shares
कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

ई–आर्थिक, काठमाडौं । विराटनगर स्थित कोशी अस्पतालमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनीले एक समारोहका बीच उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् ।

कोशी अस्पतालमा सञ्चालित बैंकको उक्त एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा अस्पतालमामा आउने सर्वसाधरण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ । उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij