२०८३ साउन ११ सोमबार

प्रभु बैंकको मलंगवा शाखा सञ्चालनमा

ई आर्थिक    बिहिबार, पौस ३ २०७६
5.7K
Shares
प्रभु बैंकको मलंगवा शाखा सञ्चालनमा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंकद्वारा सर्लाही जिल्लाको मलंगवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त मलंगवा शाखाको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरेका थिए । आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त शाखा विस्तार गरिएको बैंकले जानकारी दिएको छ ।

उक्त शाखाको उद्घाटन गर्दै प्रमुख अतिथी निरसल साहले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरूमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । साथै प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकका उक्त शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको मलंगवा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

त्यस्तै स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा मलंगवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास पनि बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij