२०८३ असोज १ बिहिबार

कुखुरा पालन कृषकले प्रत्येक ४० दिनमा ५० करोड गुमाउँदै, ब्यबसाय संकटमा

ई आर्थिक    मंगलबार, पौस १ २०७६
33.9K
Shares
कुखुरा पालन कृषकले प्रत्येक ४० दिनमा ५० करोड गुमाउँदै, ब्यबसाय संकटमा

सदेश खड्का, काठमाडौं । नेपालका कुखुरा पालक कृषकले प्रत्येक ४० दिनमा करिब ५० करोड रुपैया नोक्सानी ब्यहोर्न बाध्य भएका छन् । बिचौलियाका कारण उनीहरुले उत्पादन लागतभन्दा निकै कम मूल्यमा कुखुरा बेच्नु पर्दा यस्तो नोक्सानी भएको हो । यसले कुखुरा पालक कृषक हतोत्साही बनिरहेका छन् । केही समय यस्तै रहे यो ब्यबसाय उठ्नै नसक्ने गरी थला पर्ने ह्याचरी सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले जानकारी दिए । अहिले प्रत्येक ४० दिनमा करिब १ करोड २५ लाख केजी कुखुराको मासु उत्पादन हुने गरेको छ ।

कृषकको उत्पादन लागत १९० रुपैया छ । तर उनीहरुले बिचौलियाबाट १५० रुपैया मात्र पाउने गरेको ब्यबसायी सुरेश चालिसेले जानकारी दिए । प्रति केजी ४० रुपैया घाटा सहेर कुखुरा बेच्न बाध्य हुनु परेको उनको भनाई छ । देशभर सवा खर्ब लगानी रहेको ह्याचरी उद्योगमा कुखुरा पालनमा मात्र करिब ९० अर्ब लगानी छ । कुल गार्हस्थ्य उत्पादनमा करिब ४ प्रतिशतको योगदान रहेको कुखुरा पालन ब्यबसायले डेढ लाखभन्दा बढीलाई रोजगारी दिएको छ ।

अर्थतन्त्रमा यति ठूलो योगदान गरेको यो ब्यबसायलाई संकटबाट बचाउन अहिले सरकारी तहबाट कुनै कदम नचालिएको अध्यक्ष पोख्रेलले गुनासो गरेका छन् । त्यसो त कुखुरा पालक कृषक दाना, चल्ला तथा औषधिमा समेत ठगिदै आएका छन् । कुखुरालाई खुवाउने दाना समेट गुणस्तरीय नहुदा यसले कुखुराहरुको तौल खुराक खाए जति बढ्ने गरेका छैनन् । यसबारेमा ब्यबसायीहरुले सरकारी निकायमा जानकारी गराउँदा समेत कुनै सुनुवाई भइरहेको छैन ।

दानामा मकैको खोस्टो र धानको बोक्रा देखिएको प्रमाण सहित उजुरी गरे पनि यसमा सरकारले नियमन गरेको छैन । गुणस्तरहीन दाना भए पनि मूल्य भने उच्च छ । प्रतिकिलो ३० रुपैया पर्ने दानाको मूल्य ‘ए’ ब्रान्डको नाममा ६० रुपैयाँसम्म पु¥याइएको छ । तर दानाको स्तर मापन गर्न प्रयोगशालाको सुबिधा नै छैन । यसैगरी औषधिमा पनि कुखुरा पालकहरु ठगिदै आएको कृषकहरुले बताए । केही बर्षअघिसम्म तीन सयमा पाइने औषधि अहिले बिना कारण तीन हजारसम्म पु¥याईको छ । एमआरपी नभएको औषधि समेत विक्री भइरहेको छ । यस्तो समस्या दुई चार जना माफियाको कारण सिर्जना भएको ब्यबसायी बताउँछन् । यो अबस्थाले कति कृषक यस ब्यबसायवाटै पलायन हुन थालेका छन् ।

नेपालको ६४ जिल्लामा ब्वाइलर कुखुरा पालन हुदै आएको छ । जसमा करिब ५३ हजार किसान संलग्न रहेका छन् । नेपालमा खपत हुने मासुमा १३ प्रतिशत मासु ब्वाइलर कुखुराको हुने गरेको छ । राज्यले दिएको अनुदान पनि बास्तबिक र सोझासिधा किसान सामु पुगेको छैन । वीमा कम्पनीहरुले पनि अत्याधिक जोखिमको कारण ब्वाइलर र लेयर्स कुखुराको ईन्सुरेन्स गर्दैनन् ।

किसानहरु आन्दोलित

देशमा आत्मनिर्भर रहेको कुखुरा र कुखुराजन्य पदार्थको लागत मूल्य नै नपाएपछि किसानहरु आन्दोलित भएका छन् । अहिलेको अबस्थाले ह्याचरी उद्योग सङ्कटमा परेकाले त्यसलाई बचाउन आन्दोलित हुनु परेको उनीहरुको भनाई छ ।

आन्दोलनका क्रममा नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको छ । मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने जस्ता आन्दोलनका कार्यक्रम रहेको सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले जानकारी दिए ।

निर्णय कार्यान्वयन गराउन उत्पादन शुरु नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा सङ्घले समिति बनाएर अनुगमन गर्ने जनाएको छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको सो अवसरमा जानकारी दिइएको थियो । अध्यक्ष पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा ३३ करोडभन्दा बढी नोक्सान हुने जानकारी दिए ।

नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आबश्यक भए पनि हाल उत्पादन ४५ लाख रहेको छ । उनले ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरिएको पनि बताए । यसबाट एक लाख हाराहारी प्यारेन्ट घट्ने उनको भनाइ छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij