२०८३ साउन ९ शनिबार

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अझै स्वार्थी समूहको प्रभाबमै

ई आर्थिक    आइतबार, मंसिर २९ २०७६
11.6K
Shares
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अझै स्वार्थी समूहको प्रभाबमै
ई–आर्थिक, काठमाडौं । संघ सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अझै कर्मचारीतन्त्रका केही स्वार्थी समूहको प्रभाबमा रहेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको परिबर्तनसँगै सिंहदरबार कर्मचारीका केही स्वार्थी अधिकारीको प्रभाबबााट मु््क्त हुने आशा पलाएको थियो ।
कर्मचारी समायोजन गर्दा मापदण्ड, बिधि र प्रक्रियाबिनै काखा र पाखा गरिएपछि असन्तुष्ट अधिकृतहरुले आईतबार मन्त्रालयमा राखेका न्यायिक माग पूरा गर्न नसकिने बताएपछि सिंहदरबार अझै लामो समय स्वार्र्थी अधिकारीको गोटी बन्ने देखिएको छ । संघमा ठूलो संख्यामा दरबन्दी खाली छ । तर अन्यायपूर्बक खेदिएका अधिकृतहरुले उक्त रिक्त दरबन्दीमा आफूलाई राख्नुपर्ने भन्ने मागलाई मन्त्रालयले सुन्नै चाहेन ।
आईतबार असन्तुष्ट अधिकृतहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख बाबुराम अधिकारी, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा, प्रधानमन्त्री कार्यालयका सचिव तीर्थराज ढकाललाई विरोध पत्र बुझाएका थिए । उनीहरुले समायोजन गर्दा संघमा दरबन्दी लुकाइएको आरोप उनीहरुको छ ।
भर्खरै सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार लोक सेवा आयोगले बिभिन्न सेवा समूहमा १०९६ अधिकृतका लागि विज्ञापन प्रकाशित गरेको थियो । लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृत माग गरेपछि प्रदेश र स्थानीय तहमा समायोजन भएका अधिकृतहरु (ब्याट ३०, ३१, ३२ र ३३) ले रिक्त दरबन्दीमा आफूहरुले अवसर पाउनुपर्ने माग राखेका हुन् । तर समायोजन ऐन अनुसार प्रदेश र स्थानीय तहमा पठाएकोले संघको खाली दरबन्दीमा राख्न नमिल्ने मन्त्रालयका प्रवक्ता भुपाल बरालले जबाफ दिएका छन् ।
असन्तुष्ट अधिकृतहरुले आफूहरुले समायोजन रोज्दा पहिलो नम्बरमा संघ रोजेको भन्दैे संघको रिक्त दरबन्दीमा आफुहरुलाई अवरसर दिनुपर्ने माग गरेका छन् । आफूहरु संघीय सेवामै प्रवेश गरेको, रोज्दा संघ नै रोजेको तर जबर्जस्ती तल पठाएको हुदा खाली ठाउँमा आफूहरुले अवसर पाउनु पर्ने उनीहरुको माग छ ।
संघीय मामला मन्त्री त्रिपाठीले आगामी पुष ४ गते पुनः छलफलको लागि बोलाएका छन् । उनीहरुले न्यायको ढोका ढक्ढक्याउन अदालत जाने भन्नेमा समेत छलफल गरिरहेको बताए । सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले भने कर्मचारीलाई चिढ्याउने पक्षमा आफू नरहेको बताएका छन् । उनले यदि त्रुटि भएको हो भने सच्याउने पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij