२०८३ साउन ९ शनिबार

चन्द्रागिरिमा हिउँ पर्‍यो , चिसोबाट साबधान रहन चिकित्सकको सुझाब

ई आर्थिक    शुक्रबार, मंसिर २७ २०७६
6.3K
Shares
चन्द्रागिरिमा हिउँ पर्‍यो , चिसोबाट साबधान रहन चिकित्सकको सुझाब

मंसिर २७, काठमाडौँ । देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले राजधानीलगायतका क्षेत्रमा पानी परेको छ भने चन्द्रागिरीमा हिउँ परेको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार हिमालमा हिमपात र पहाडी भेगमा अहिले वर्षा भइरहेको छ ।

बिभागले शनिबारसम्मै काठमाडौं उपत्यकालगायतका देशका पहाडी तथा मध्यपहाडी भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जनाएको छ । दिउँसो घाम नलाग्ने र पानीसमेत पर्ने भएकाले काठमाडौंमा चिसो निकै बढ्ने छ ।
यसैबिच मौसममा आएको अचानक परिबर्तन उपत्यका लगायत क्षेत्रको ह्वात्तैचिसो बढेकाले साबधान रहन चिकित्सकहरुले सुझाब दिएका छन् । चिसोले खासगरी बुढाबुढी र बालबालिका अत्याधिक प्रभाबित हुने गरेकाले उनीहरुलाई बिशेष सुरक्षाको प्रबन्ध गर्न पनि चिकित्सकहरुले सुझाएका छन् । चिकित्सकहरुका अनुसार चिसोले हुने समस्या र समाधानका उपाय निम्न छन् ः

१.एलर्जी
कयौं मानिसलाई चिसोका कारण शरीरमा विभिन्न एलर्जी हुने गर्छ । यसले गर्दा शरीरमा दम, रुघाखोकी लगायतको समस्या उत्पन्न हुन्छ । अझ कयौंलाई पहिले नै दम छ भने पनि चिसो बढ्दै गएपछि उक्त झन् बढ्न थाल्छ । त्यसबाट बच्न न्यायो लुगा लगाउनुपर्छ । सकेसम्म आफ्नो वरिपरि तातो बनाएर राख्नुपर्छ । मनतातो पानी पिउनुपर्छ । धेरै चिसोमा घरबाट बाहिर ननिस्कनु नै उपर्युक्त हुन्छ ।

२.छालाको समस्या
चिसो मौसममा पानी कम खानाले छालामा पानीको मात्रा कम हुन्छ । चिसोकै कारण छालाको नरमपना हराएर छाला खस्रो हुने समस्या आउन सक्छ । यसले गर्दा हात तथा खुट्टा फुट्ने गर्छ ।

यसबाट छालालाई बचाउन दिनहुँ ग्लिसिरिनको प्रयोग उचित हुन्छ । त्यस्तै, मोइस्चराइजर क्रिमको प्रयोग पनि राम्रो मानिन्छ । त्यस्तै जाडो मौसममा तातोपानीले भन्दा मनतातो पानीले नुहाउनु उचित मानिन्छ ।

३.हाइपोथर्मिया
यति गर्दागर्दै पनि जाडो मौसममा चिसोका कारण शरीरको तापक्रम कम हुने गर्छ । यसलाई सामान्य भाषामा ‘हाइपोथर्मिया’ भनिन्छ । विशेष गरी वृद्धवृद्धामा यो समस्या धेरै हुने भएकाले जाडो मौसममा उनीहरुलाई विशेष ध्यान दिनुपर्छ । त्यसका लागि वृद्धवृद्धालाई न्यायो पारेर राख्नुपर्छ ।

यति गर्दागर्दै पनि यदि उनीहरुको शरीरको तापक्रम घट्दै गयो र शरीर कडा हुँदै गयो भने तत्काल चिकित्सकका लैजानु उचित हुन्छ । यसबाहेक अन्य मानिसलाई पनि कहिलेकाहीँ चिसोका कारण शरीरको तापक्रम कम हुने समस्या देखा पर्छ । त्यो अवस्थामा यदि शरीरको तापक्रम निकै नै घटेको देखिएमा तुरुन्त चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्ने हुन्छ यस्तो समस्या बढीजसो चिसो ठाउँमा बस्ने मानिस, सडक बालबालिकाका साथै वृद्धवद्धा लगायतमा देखिने गर्छ ।

४.मुटुसम्बन्धी समस्या
चिसो मौसमले मुटुलाई समेत असर गर्ने हुँदा चिसोबाट जोगिनु जरुरी छ । चिसोले मुटुमा सिधै असर पुर्‍याउँछ । चिसोका कारण रक्तनली साघुँरिएर यसले रक्त प्रवाहमा असर पार्छ र यसले हृदयाघातको सम्भावना बढेर जान्छ । यसबाट बच्न धेरैबेरसम्म चिसोमा नबस्ने । बस्नै परे पनि न्यायो लुगाको प्रयोग गर्ने ।

५.रुघाखोकी र ज्वरो
चिसो मौसमका कारण मानिसलाई दम, रुघाखोकी, ज्वरो लगायतको समस्या उब्जने गर्छ । चिसो मौसममा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने हुँदा यसले शरीरमा विभिन्न रोग निम्त्याउने गर्छ । चिसोकै कारण मानिसहरु एक आपसमा टाँसिएर बस्नाले पनि रुघाखोकी तथा ज्वरो सजिलै सर्छ ।

यसबाट बच्न रोगको सम्पर्कमा आउनबाट आफूलाई सुरक्षित राख्नु पर्छ । खाना खानुअघि राम्ररी साबुनपानीले राम्ररी हात धुनुपर्छ । साबुन छैन भने स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । त्यस्तै, मुख छोपेर हाछ्उिँ गर्नुपर्छ । बालबालिकालाई आवश्यक खोप लगाएर पनि चिसोका कारण हुने समस्याबाट बचाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij