ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकको निजगढ र बानेश्वर शाखाले पानी ट्याङकी वितरण कार्यक्रम सम्पन्न गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बैंकले सोही कार्यलाई निरन्तरता दिँदै पानी वितरण गरेको हो ।
निजगढ शाखाले निजगढ न.पा. वडा नं १० (लाल) स्थित पल्युल साम्तेन्लिङ गुम्बालाई गुम्बामा अध्ययनरत विद्यार्थीहरु साथै आगन्तुकहरुलाई खानेपानीको सहज उपलब्धता होस् भन्ने हेतुले गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरी गुम्वा व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर भोलनलाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो ।
बानेश्वर शाखाले बानेश्वर स्थित कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुका लागि शुद्ध पिउने पानी। उपलब्ध गराउने उद्देश्यले कुशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव सुदर्शन कोइरालालाई उक्तपानी ट्याङकी हस्तान्तरण गरेको हो ।
बैंकले आगामी दिनहरुमापनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।