२०८३ साउन ९ शनिबार

इटहरीको सुर्य कम्प्लेक्समा रहेको बिग बारमा भीषण आगलागी

ई आर्थिक    आइतबार, मंसिर २२ २०७६
4K
Shares
इटहरीको सुर्य कम्प्लेक्समा रहेको बिग बारमा भीषण आगलागी

ई–आर्थिक, सुनसरी । सुनसरीको इटहरी बजारमा रहेको विग बार आगलागी भएको छ । उक्त विग बार इटहरी चोकमा रहेको सुर्य कम्प्लेक्समा रहेको थियो । मुख्य चोकमा रहेको एक होटलमा आगलागी भएपछि इटहरी बजारमा सन्त्रास फैलिएको थियो ।

शनिबार राति १ बजे लागेको आगो ९ वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । विराटनगर, दमक, सप्तरी, धरान, दुहवी, महेन्द्रनगर, सुन्दरहरैचा र इटहरीको गरी ९ वटा दमकल प्रयोग भएको थियो ।

उक्त आगो साढे तीन घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । होटल पूर्ण रुपमा क्षति भएको छ । क्षतिको एकिन विवरण आइसकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij