The Do Nothing, Radical Left Democrats have just announced that they are going to seek to Impeach me over NOTHING. They already gave up on the ridiculous Mueller “stuff,” so now they hang their hats on two totally appropriate (perfect) phone calls with the Ukrainian President….
राष्ट्रपति ट्रम्पले चाहिँ आरोप गलत भन्दै बरु चाँडो यो प्रक्रिया टुँग्याएर देशका मुद्दामा केन्द्रीत हुन आग्रह गरे। पेलोसीले अमेरिकाको प्रजातन्त्र दाउमा परेको भन्दै राष्ट्रपतिले अन्य विकल्प आफ्ना सामु नछाडेको बताइन् ।
ट्रम्पले चाहिँ डेमोक्र्याट नेताहरूको सन्तुलन गुमेको भन्दै यदि महाभियोग लगाउने हो भने प्रक्रिया चाँडो थाल्न आह्वान गरे। डेमोक्र्याटहरूको आरोप छ राष्ट्रपति ट्रम्पले यूक्रेनलाई दिइने सैन्य सहयोगलाई घरेलु राजनीतिक मुद्दासँग जोडिदिए ।
सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी हुन सक्ने जो बाइडनविरुद्ध भ्रस्टाचारको अनुसन्धान गरेमात्र यूक्रेनलाई सहयोग दिने भनी ट्रम्पले पदको दुरुपयोग गरेको आरोप उनीहरूको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पेलोसीले भनिन्, “तथ्यहरू अकाट्य छन्। राष्ट्रपतिले आफ्नो राजनीतिक फाइदाका निम्ति शक्तिको दुरुपयोग गरेर राष्ट्रिय सुरक्षा दाउमा पारे ।”
उनले महाभियोगका औपचारिक अभियोगका धारा मस्यौदा गरेर अघि बढ्न सदनका समितिका अध्यक्षहरूलाई बताएकी छन्। प्रतिनिधिसभामा महाभियोगमाथिको मतदान यो वर्षभित्रै हुनसक्छ। माथिल्लो सदन सिनेटमा यसको सुनुवाइ सन् २०२० को जनवरीमा हुनसक्छ।

पेलोसीले आफूले कसैलाई घृणा नगरेको भन्दै राष्ट्रपतिलाई घृणाका कारण महाभियोग लगाउने प्रयास नभएको बताइन्। पेलोसीले प्रतिक्रिया दिनु केही अगाडि राष्ट्रपति ट्रम्पले ट्वीट गरेका थिए।
….This will mean that the beyond important and seldom used act of Impeachment will be used routinely to attack future Presidents. That is not what our Founders had in mind. The good thing is that the Republicans have NEVER been more united. We will win!
सिनेटमा ट्रम्पको दल रिपब्लिकनको बहुमत छ। ह्वाइट हाउसकी प्रेस सचिव स्टेफनी ग्रीसमले डेमोक्र्याटहरूलाई लाज लाग्नुपर्ने बताइन्। बीबीसीका उत्तर अमेरिका सम्वाददाता एन्थोनी जर्कर भन्छन् यदि यो प्रक्रिया अघि बढे राजनीतिक विभाजन झन् गहिरिनेछन्।
अमेरिकी मतदाताहरूले आउने नोभेम्बर महिनामा आफ्नो मतमार्फत् निर्णय सुनाउनेछन् तर त्योभन्दा अगाडि महिनौँ लामो तिक्ततापूर्ण राजनीतिक दाउपेच चल्ने देखिन्छ।
