‘ठगिएको रकम असुल पनि गराउँछु र कारवाही पनि गर्छु’
ई–आर्थिक, काठमाडौं । मेडिकल कलेजको ठगि बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख खोलेका छन् । लामो समयसम्म यसबारेमा मौन रहँदा व्यापक आलोचना खेपेका ओलीले आज राष्ट्रिय युवा संघको कार्यक्रममा मुख खोलेका हुन ।
यस बारेमा नेकपाको भातृ संगठनहरु अनेरास्ववियु र युवा संघको पनि तीब्र आलोचना भएपछि ती संगठनहरुको दबावमा प्रधानमन्त्रीले मेडिकल कलेजको ठगि सम्बन्धमा आफ्नो धारणा सार्वजानिक गरेको बताइएको छ ।
सो कार्यक्रममा उनले मेडिकल कलेजले ठगि गरेको मात्रै बोलेनन एक कदम अघि बढेर ठगिएको रकम फिर्ता गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
ठगी गर्ने मेडिकल कलेजलाई कारवाही गर्ने समेत उनले बताए ।
मेडिकल कलेजहरु नियम कानुनभित्र बस्नैपर्ने भन्दै प्रधानमन्त्री ओलीले कति लागतमा विद्यार्थी पढाउन सकिन्छ भन्ने तय गर्न सकिने तर विद्यार्थीमाथिको ठगी सैहृय नहुने उनको भनाई थियो ।
मेडिकल कलेज सञ्चालकहरुले अकुत नाफा कमाएको भन्दै त्यसलाई छुट नदिइने पनि बताए ।