ई–आर्थिक, काठमाडौं । विदेश भ्रमण गरी फर्कने क्रममा त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका व्यवसायी रुप ज्योति र उनकी छोरी सुरुचीलाई तीन दिन थुनामा राख्न शुक्रबार म्याद थप गरिएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई तीन दिन थुनामा राख्न अनुमति दिएको हो।
पूर्व अर्थ सहायकमन्त्रीसमेत रहेका व्यवसायी ज्योति हाउजिङ्गमा रकम ठगी आरोपमा पक्राउ परेका हुन् । हाउजिङमा ठूलो रकम असुलेर ठगेको भन्दै पीडितहरुले उनीविरुद्ध मुद्दा हालेका थिए ।