तीन महिनामा इन्धनको आयात रकममा घटेकाले पनि व्यापारघाटा कम गर्न सहयोग पुगेको हो । नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्षको तीन महिनामा ५३ अर्ब ५४ करोड २४ लाख ३२ हजार सात सय ५४ रुपैयाँको इन्धन आयात भएकोमा यो वर्ष घटेर ४६ अर्ब ५४ करोड ४५ लाख ३१ हजार ३ सय ७५ रुपैयाँको इन्धन आयात भएको छ । अघिल्लो वर्षको तुलनामा७ अर्ब रुपैयाँको इन्धन कम आयात भएकाले पनि व्यापारघाटा कम गर्न सघाउ पु¥याएको देखिन्छ ।
निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले इन्धनको आयात रकममा कम देखिएको बताए । इन्धन आयात रकममा घटेपनि परिमाणमा भने बढेको उनको भनाई छ । गत आवको तीन महिनामा ५ लाख ४३ हजार ४ सय ८१ किलोलिटर इन्धन आयात भएकोमा चालू आवको तीन महिनामा ७ लाख ३६ हजार एक सय ६ किलोलिटर इन्धन आयात भएको निगमको तथ्यांक छ ।
विज्ञहरूले आयात निर्यातको समग्र तथ्यांक हेर्दा सन्तोषजनक भए पनि वास्तविक अवस्था उत्साहजनक नभएको बताएका छन् । चालू आर्थिक वर्षको तीन महिनामा निर्यात बढेको छ । अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापारघाटा घटेको हो। भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात १०.३४ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ।व्यापार घाटा १२.०२ प्रतिशतले कम भएको छ। भारतसँग आयात घटेको र निर्यात बढेको छ। चीनसँग भने आयात बढेको र निर्यात घटेको छ। भन्सार विभागको तथ्याङक अनुसार गत आवको तीन महिनामा ३ खर्ब ७३ अर्ब ५८ करोडको आयात भएकोमा चालू आवको तीन महिनामा ३ खर्ब ३४ अर्ब ९४ करोडको आयात भएको छ । यस्तै सो अवधिमा २३ अर्ब ७४ करोडको निर्यात भएकोमा चालू आवमा बढेर २७ अर्ब १६ करोड पुगेको छ ।
कारोबारबाट