२०८३ साउन ११ सोमबार

कुमारी बैंकका ७ शाखाहरूको एकैदिन उद्घाटन

ई आर्थिक    शुक्रबार, असोज १७ २०७६
5.9K
Shares
कुमारी बैंकका ७ शाखाहरूको एकैदिन उद्घाटन

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडांै उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना सात नयाँ शाखाहरूको उद्घाटन सम्पन्न गरेको छ । काठमाडांैस्थित नयाँ वानेश्वर शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणा र नागरिक लगानी कोषका प्रमुख प्रशासक रमण नेपालज्यूले संयुक्त रूपमा सम्पन्न गर्नुभयो ।

त्यसैगरी कीर्तिपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य महेशप्रसाद पोखरेल र कीर्तिपुर नगरपालिका ९ का वडाअध्यक्ष गंगाराम महर्जनले गरेका थिए ।

काभ्रेस्थित बनेपा शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवाली तथा बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले संयुक्त रूपमा गरे ।

त्यस्तै बैंकले उपत्यकाबाहिर भने नवलपरासीस्थित गैंडाकोट, बारास्थित जितपुर, चितवनस्थित पुरानो पर्सा, पर्सास्थित सिर्सियामा गरी कूल ४ शाखाहरूको औपचारिक उद्घाटन गरेको छ । उपत्यका बाहिरका शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउ‘बाट भएतापनि मोबाईल प्रविधिबाट विद्युुतीय ई–उद्घाटन बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समिति, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न भएको हो ।

उक्त उन्नत प्रविधिमार्फत सम्पन्न समारोह नेपाली बैंकिङ्ग क्षेत्रकै लागी नवीन शैलीमा गरिएको उद्घाटनको एक उदाहरण भएको बैंकले जानकारी दिएको छ ।

कुमारी बैंक समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्शिएको छ । विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका १०७ शाखा संजाल, ९३ एटिएम्,, ८ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा ३ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू आगामी दिनहरूमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij