२०८३ साउन १० आइतबार

नयाँ नोट साट्ने स्थान तय, सहकारी संस्थाले सहकारी बैंकबाट लिनुपर्ने

ई आर्थिक    सोमबार, असोज ६ २०७६
9.1K
Shares
नयाँ नोट साट्ने स्थान तय, सहकारी संस्थाले सहकारी बैंकबाट लिनुपर्ने

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणको टुंगो लगाएको छ । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको हो । असोज १० देखि १७ गतेसम्म नोट वितरण गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसपटक ५, १०, २०, ५० र १०० दरका नोट गर्ने तयारी भएको छ । यसपटक राष्ट्र बैंकको थापाथली कार्यालयबाट नोट सटहीको व्यवस्था छैन ।

राष्ट्र बैंकले उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । उपत्यका बाहिर भने बैंकले आफ्ना कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराएको छ ।

काठमाडौं उपत्यकामा राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने व्यवस्था मिलाएको जानकारी मिलाएको छ ।

नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

त्यस्तै कृषि विकास बैंकले काठमाडौं उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट बाँडिने छ । बैंकको गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने छन् ।

उपत्यका वाहिर भने राष्ट्र बैंकको विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसपटक सहकारी संस्था भने राष्ट्र बैंकको प्राथमिकतामा परेन । बैंकले सहकारीलाई पन्छाउँदै राष्ट्रिय सहकारी बैंकलाई टाँसो लगाएको छ ।
तर विगतका वर्षहरुमा राष्ट्र बैंकले सहकारी संस्थालाई सिधै नोट साट्ने व्यवस्था गरेकोे थियो । यसअघिका बर्षहरुमा सहकारीको कार्यालयको चिठी लगेर सहकारी संस्थाहरुले नयाँ नोट साट्थे व्यवस्था सहकारीलाई गरिएको थियो ।

त्यही पैसा लगेर सहकारी संस्थाले आफ्ना सेयरधनिलाई वितरण गथ्र्यों । सहकारीमा गरिएको यो नयाँ व्यवस्था कत्तिको प्रभावकारी हुने त्यो भने हेर्न बाँकी छ । यद्यपी राष्ट्र बैंक हरेक कुरा र कामबाट सहकारी क्षेत्रलाई टाढा बनाउँदै लगेको छ ।

सहकारीको संख्या धेरै भएकाले भिडभाड अत्याधिक हुने भएकाले पनि राष्ट्र बैंकबाट सिधैै वितरणको व्यवस्थालाई खारेजी गरिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij