ई–अर्थिक, भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका वयो बुद्ध सदस्य नं. ७११ का नारायण भक्त राजलवटको प्रमुख आतिथ्यतामा थापा पार्टी प्यालेस, भक्तपुर, सुर्यविनायकमा सभा सम्पन्न भएको थियो ।
सभामा सभाका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थामा जम्मा भएको रकम सामुहिक हितमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउदैं सदस्यहरुको गुनासोलाई सम्वोधन गरी संस्था अगाडी बढ्नुपर्ने बताए ।
आत्मनिर्भर भएर बाँच्नेले स्वाभमानीपूर्वक जीवन निर्वाह गर्नसक्ने भएकाले सहकारीले सदस्यहरुलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिमहरु सहकारीले संचालन गर्नुपर्छ, उनले बताए ।
भनपाले पर्यटन क्षेत्रलाई अगाडि बढाउने लक्ष्य लिई विभिन्न भाषाका तालिम र सीपमूलक तालिमहरु संचालन गरिरहेको प्रमुख प्रजापतिले जानकारी दिए ।

सरकारको पञ्चवर्षिय योजनाले निजीक्षेत्रलाई बढावा दिने काम गरेको चर्चा गर्दै उहाँले निजीकरणकरणको पक्ष लिनेहरु कम्युनिस्ट हुनसक्ने धारण राखे ।
अतिथि भनपा वडा नं ४ का वडा अध्यक्ष कुमार चवालले व्याज धेरै दिने सहकारी संस्था भन्दा आर्थिक नियममा बस्ने र देश रजनताको सेवा भावले काम गर्ने सहकारी संस्थामा सदस्य भई कारोवार गर्नुपर्ने वताए ।
सभामा अतिथिहरु नेफ्स्कूनका संचालक सदस्य नानी काजी शाक्य, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव जगनाथ प्रजापति समेतले शुभकामाना मन्तव्य राखेका थिए । त्यसैगरी संस्थाका अध्यक्ष बलराम प्रजपतिले धन्यवाद व्यक्त गरेका थिए ।

उक्त साधारण सभामा संस्थाले संरक्षित पुँजी फिर्ताकोषमा रहेको रकम बाँडफाड तथा वितरण, संस्थाका सदस्य तथा सदस्य परिवारका छोराछोरीहरुलाई एस ई ई सम्मान, भक्तपुर जिल्लाको ४ वटा सरकारी विद्यालयका ८ जना विद्यार्थीहरुलाई बाराही छात्रबृति २०७६ सम्मान, असल बचत र असल ऋणी सम्मान, नियमित बचतकर्ता, नियमित बालबचत सम्मान, सदस्यता बृद्धि सदस्य सम्मान, शेयर पूजी बृद्धि सदस्य सम्मान, १५ प्रतिशत लाभांश वितरण लगायत कार्यक्रम सहित साधारण सभा सम्पन्न गरेका थिए ।