२०८३ साउन ९ शनिबार

उदयपुरका मनोज गौतमद्वारा एनआरएनए कोरियाको सचिव पदमा उम्मेद्वारी

ई आर्थिक    बुधबार, असोज १ २०७६
3.3K
Shares
उदयपुरका मनोज गौतमद्वारा एनआरएनए कोरियाको सचिव पदमा उम्मेद्वारी

ई–आर्थिक, सिओल । उदयपुरका मनोज गौतमले गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको सचिव पदमा उम्मेद्वारी दिने भएका छन् । एनआरएन कोरियाको सातौं अधिवेशन सेप्टेम्वर २१ र २२ मा हुँदैछ, उक्त अधिवेशनले नयाँ नेतृत्व छान्दैछ ।

६० हजारभन्दा बढी नेपाली रहेको कोरियामा कानुनी, भाषा, दुर्घटनामा परेका, इपीएस, विद्यार्थी भिसालगायत समस्यामा परेकालाई सहयोग गरेर समाजसेवाको परिचय बनाइसकेका गौतम खोटाङमा जन्मेका उदयपुरवासी हुन् ।

भिषा हुँदाहुँदै अवैधानिक बन्न पुगेका हरेक नेपालीलाई सहयोग गर्नुका साथै सचिव पदका उम्मेदवार गौतमले कम्पनीमा हुने नेपालीको हरेक समस्यामा साथ र सहयोग गर्दै आएको बताएका छन् । उम्मेदवारी घोषणासहित गौतमले कोरियावासी सम्पूर्ण नेपालीमाँझ चुनावी एजेन्डा र प्रतिबद्धता यसरी ब्यक्त गरेका छन्–

१. एनआरएन कोरियालाई बैधानिक रुपमा कोरियाको समाज कल्याण मन्त्रालयबाट कानुनी रुपमा दर्ता दर्ता गराइने छ । कोरियामा रहनु भएको सम्पूर्ण नेपालीले लाभ लिन सक्ने सस्था बनाइने छ ।
२. सम्पर्क कार्यालयको स्थापना गरिनेछ ।
३. कोरियन सिप, प्रविधि तथा कोरियन लगानीलाई नेपाल भित्र्याउने
४. पर्यटन बर्ष २०२० लाई सफल पार्न नेपालको पर्यटक क्षेत्रसम्बन्धी ब्यापक प्रचार प्रसार गरिनेछ ।
५. वैवाहिक भिषा, व्यापरी भिषा, वकिङ भिषा आध्यायन, अध्यापन भिषालगायत बिभिन्न तरिकाले कोरियामा बसोबास गरिरहनु भएका नेपालीको समास्या समाधानमा सहयोग गर्नुका साथै कम्तीमा महिनाको एक पटक कोरियन बिज्ञ कानुनविद्सँग निःशुल्क कानुनी परामर्स आयोजना गर्दै समस्या आनुसार समधान गरिनेछ ।
६. आपत्कालीन सहयोग तथा राहत कोषको स्थपना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij