सो अवसरमा प्रमुख जिसीले महानगरका ३३ मध्ये २१ वडा व्यावसायिक कृषिका लागि उपयुक्त भएको बताउँदै खाद्यान्न तथा पशु उत्पादन वृद्धि गरी आयात रोक्ने नीतिमा महानगर रहेको स्पष्ट पारे। उनले भूउपयोग नीतिका माध्यमबाट कृषियोग्य जमीन खण्डीकरण हुन नदिइनेसमेत बताए।
वडाध्यक्ष निर्मल दियालीले कम्तीमा ५ वटा माउ बाख्रासहित १३ वटा बाख्रा भएका कृषकहरुलाई व्यावसायीकतातर्फ उन्मुख गर्न यो अनुदान रकम वितरण गरिएको बताए। वडाका माझठाना, सौर्य लगायतका गाउँहरुमा व्यावसायिक बाख्रापालन शुरुआत भइसकेको बताउँदै उनले अनुदान सहयोगले स्थानीय प्रजातिका बाख्राको पालन र प्रवद्र्धनमा समेत फलदायी हुने विश्वास व्यक्त गरे।
पशु सेवा महाशाखाका प्रमुख शिव वाग्लेले कृषकहरुका लागि अनुदान वितरण कार्यक्रमको सकरात्मक शुरुवात भएको र पशु सेवासंग सम्वन्धित कृषक लक्षित अन्य कार्यक्रमहरुलाई पनि आगामी दिनमा निरन्तरता दिइने बताए।