ई–आर्थिक, काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र सिद्धार्थ बैंक विच जीवन वीमा सेवा सम्वन्धि सम्झौत सम्पन्न भएको छ । एक कार्यक्रमका विच गरिएको उक्त संझौतामा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनालले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार ग्राहकहले बैकका सम्पूर्ण १५५ शाखाहरूबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीबन वीमा सेवा उपभोग गर्न सकिने छ ।
उक्त कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज के.सी. तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।