२०८३ भाद्र ३० मंगलबार

प्रधानमन्त्री रोजगार कार्यक्रम : चालू आवमा बाँकेमा २ हजारलाई रोजगार

ई आर्थिक    आइतबार, जेष्ठ १२ २०७६
4.2K
Shares
प्रधानमन्त्री रोजगार कार्यक्रम : चालू आवमा बाँकेमा २ हजारलाई रोजगार

१२ जेठ २०७६, काठमाडौं । सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ जनाले रोजगारी पाउने भएका छन्।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा चालू आर्थिक वर्ष २०७५/०७६ भित्र बेरोजगारीको सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार दिने भनिएको छ।

जिल्लाको वैजनाथमार राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवामा र जानकीमा १४० तथा नरैनापुर गाउँपालिकामा १२६ जनाले ३० दिन बराबरको रोजगारी पाउने भएका हुन्।

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले ७६२ युवा बेरोजगारलाई रोजगारी दिने नेपालगञ्ज नगर उपप्रमुख उमा थापामगरले बताइन्। कार्यक्रमअन्तर्गत सरकारले बाँकेका स्थानीय तहमा ४० करोड ६० लाख सशर्त अनुदानको व्यवस्था गरेको छ।

अवैध केराउ बरामद

नरैनापुरबाट प्रहरीले ३० क्विन्टल अवैध केराउ बरामद गरिएको छ। जिल्लाको नरैनापुरगाउँपालिका ४ सोता भन्ने स्थानमा प्रहरीद्वारा सामान जाँच गर्ने क्रममा नेपालगञ्जबाट सुइया बगौडातर्फ जाँदै गरेको भे१ख १५५५ नंको बसमा भन्सार चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको केराउ प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार बरामद गरिएको केराउको मूल्य करीव तीन लाख रहेको छ। केराउसँगै नेपालगञ्ज– २० का बस चालक टीकाराम डाँगीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij