ई–आर्थिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र अल्का अस्पताल प्रा.लि. काठमाडौं बीच संझौता सम्पन्न भएको छ ।
संझौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरुलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
संझौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत् उपचार शुल्क भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक विध्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत करिब १६ लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ ।