यसैबीच इरानका सर्वोच्च नेता अयातुल्लाह खामनेईले इरान र अमेरिकाबीच युद्ध नहुने बताएका छन्। गत हप्तामात्रै अमेरिकारले आफ्नो सैन्य जहाज बेडा र विमानवाहक युद्धपोट मध्यपूर्वमा तैनाथ गरेको थियो।
अवस्था त्यतिबेला तनावग्रस्त भयो जतिबेला संयुक्त अरब इमिरेट्सले आफ्नो क्षेत्रमा चार जहाजमाथि आक्रमण भएको आरोप लगायो।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अमेरिकी अनुसन्धानकर्ताले उक्त घटनामा इरानका सहयोगी समूहले गराएको हुन सक्ने आशंका गरेका छन्।
तर उक्त घटनाको इरानको संलग्ताको कुनै प्रमाण फेला परेको छैन र इरानले उक्त घटनामा आफ्नो संलग्नतालाई पूर्णरुपमा अस्वीकार गरेको छ। इरानले उक्त घटनाको पूर्णरुपमा छानविन हुनुपर्ने बताएको छ। अर्कोतर्फ इरानसँग बढ्दो तनावको माहोलमा स्पेनले अमेरिकी सेनाको नेतृत्व रहेको सैन्य जहाज बेडोबाट आफ्नो फ्रीजेटलाई फिर्ता बोलाएको छ।

रुसको सोची सहरमा रुसी विदेश मन्त्री सर्गेई लाभफोरसँग वार्ता गरिरहेका अमेरिकी विदेश मन्त्री पोप्यिोले भने, ‘अमेरिका मौलिक रुपबाट इरानसँग युद्ध गर्न चाहँदैन। हामीले इरानलाई पनि स्पष्ट पारेका छौं, यदि अमेरिकी हितमाथि आक्रमण भयो भने हामी निश्चित रुपमा जवाफी कारवाही गर्छौं।’
इरानको सरकारी टेलिभिजन र आफ्नो ट्विटमार्फत इरानी सर्वोच्च नेता अयातुल्लाह खमेनईले इरान अमेरिकासँग परमाणु सम्झौताका विषयमा फेरि वार्ता नगर्ने दोहोर्याएका छन्। अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले गत वर्ष इरान परमाणु सम्झौताबाट अमेरिकलाई अलग गरेका थिए।
सोमबार देशका धर्म गुरुसँगको बैठकमा राष्ट्रपति असन रुहानीले इरान कसैसँग नडराउने महान मुलुक भएको बताएका थिए।