ई–आर्थिक, २७ चैत, काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीलाई विदाइ गरिएको को छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नापी विभागको सो टोलीलाई आज बिहान विदाइ गरेका हुन् ।
सो टोलीको नेतृत्व प्रमुख नापी अधिकृत खिमलाल गौतम गरेका छन् । टोलीमा नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । उनीहरुसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न जाने भएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासवाट विदाई गरिएको सो विदाई कार्यक्रममा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको पनि सहभागीता रहेको थियो ।
नेपालले आफैं सगरमाथाको उचाइ नाप्न लागेको यो पहिलो पटक हो । यसअघि सन् १९५४ मा भारतीय नापी विभागको टोलीले र १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ नापेका थिए । भारतीय टोलीले ८,८४८ र अमेरिकी टोलीले ८,८५० मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेका थिए ।
तर नेपालले भने अहिलेसम्म ८,८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ ।
सगरमाथा नाप्ने टोली लागेसँग सगरमाथाको उचाई ८,८४८ नाघ्ने अनुमान लगाउन थालिएको छ ।
सगरमाथाको उचाइ मापन गर्ने सो टोली बुधबार नै सगरमाथातर्फ प्रस्थान गर्ने भएको छ । टोलीले आउँदो डिसेम्बर महिनाभित्रै रिपोर्ट बुझाउने मन्त्रालय मन्त्रालयले लिएकाको विश्वास छ ।