ई–आर्थिक, काठमाडौँ । मौसमको बारेमा विभिन्न अडकलबाजी लगाइरहेका बेलामा जल तथा मौसम पूर्वानुमान महाशाखाले आफ्नो अनुमान सार्वजानिक गरेको छ ।
सो महाशाखाले गरेको अनुमान जस्तै काठमाडौंलगायतका देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको सो महाशाखाको भनाई छ ।
महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद्ले जानकारी दिएका छन् ।
पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र हल्कादेखि मध्यम वर्षा भएको बताइएको छ। उक्त प्रणाली क्रमशः विकसित भई आगामी सोमबारसम्म कायम रहने भएको छ ।
काठमाडौँ उपत्यकामा आज दिउँसो केही बेर मौसम खुला भई घाम लाग्ने छ भने अन्य स्थानमा भने तत्काल मौसम सफा नहुने मौसम पूर्वनुमान महाशाखाले जानकारी दिएको छ ।
हेर्नुहोस मौसम विज्ञान विभागको अनुमान
