२०८३ साउन ११ सोमबार

बाली बीमाबारे किसान अनभिज्ञ

ई आर्थिक    शनिबार, चैत्र १६ २०७५
24.9K
Shares
बाली बीमाबारे किसान अनभिज्ञ

ई–आर्थिक, बैतडी, १६ चैत : बैतडीका किसान बाली बीमाबारे अझै अनभिज्ञ छन् । सरकारले विसं २०६९ माघमा किसानलाई लक्षित गरेर बालीबीमा कार्यक्रम ल्याएको भए पनि यसका बारेमा किसानले नबुझ्दा उनीहरुले बाली बीमा गरेका छैनन् ।

व्यावसायिकरूपमा कृषिमा लागेका किसानलाई ७५ प्रतिशत अनुदानमा बाली बिमा गर्ने सरकारको नीति भए पनि जिल्लामा अहिलेसम्म किसानको आकर्षण बढ्न नसकेको हो ।

सरकारले असिना, खडेरी, सुख्खा, रोग किराको प्रकोप भएर बालीनालीमा क्षति पुगेमा किसानलाई बढीमा ९० प्रतिशत सम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । तर किसानले बाली बिमा नै नगरेकाले क्षति भए पनि क्षतिपूर्ति पाउन नसकेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

बाली बीमा नगरेकै कारण किसानले वर्षेनी हजारौँको क्षति व्योर्होदासमेत क्षतिपूर्ति पाउन सकेका छैनन् । बाली बीमाका बारेमा आवश्यक जानकारी नभएकै कारण किसानको यसमा चासो नबढेको अगुवा किसान कृष्णदत्त भट्टको भनाइ छ । बैतडीमा अहिलेसम्म दुई किसानले मात्रै बाली बीमा गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij