२०८३ साउन ९ शनिबार

शिवम् सिमेन्टसको ४४ लाख कित्ता साधारण शेयर निष्कासन हुने

ई आर्थिक    बुधबार, फाल्गुन १ २०७५
7.4K
Shares
शिवम् सिमेन्टसको ४४ लाख कित्ता साधारण शेयर निष्कासन हुने

ई–आर्थिक, काठमाडौँ : शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारण तथा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर रु १०० अङ्कित दरमा प्रिमियमबाट रु २०० थप गरी प्रतिशेयर रु ३०० का दरले कूल ४४ लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।

उक्त शेयरमध्ये सङ्गठित संस्थाका कर्मचारीका लागि दुई लाख २० हजार कित्ता र सामूहिक लगानी कोषलाई दुई लाख २० हजार कित्ता शेयर छुट्याइएकामा ६० हजार कित्ता बाँडफाँट गरी ४१ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएका कम्पनीले जनाएको छ । कम्पनीले आज एक सूचना जारी गरेर सर्वसाधारणले आगामी फागुन ६ देखि ९ गतेसम्म शेयर आवेदन गर्न सक्ने जनाएको छ ।

कम्पनीले अहिले आयोजना प्रभावित मकवानपुर जिल्लाका बासिन्दाका लागि प्रिमियमसहित शयेर निष्काशन मूल्य रु २०० तोके पनि यसअघि रु ३०० मा आठ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्दा दुई लाख २४० कित्ता मात्र बिक्री भएको थियो । हाल तोकिएको निष्काशन मूल्यबमोजिम बाँडफाँट भएको शेयरधनीलाई कूल एक लाख १२० कित्ता शेयर थप गरिदिने कम्पनीले जनाएको छ ।

स्थानीयका लागि बाँकी रहेको पाँच लाख ७९ हजार ६४० कित्ता शेयर रु २०० मा आवेदन गर्न चाहने स्थानीयलाई पुनःथप वा नयाँ आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ । कम्पनीले आयोजना प्रभावितका लागि प्रिमियम मूल्य घटाएर शेयर बिक्री गर्न लागेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम ४४ लाख कित्तासम्म आवेदन गर्न सक्नेछन् भने उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम् ५० देखि अधिकतम् पाँच लाख ७९ हजार ६४० कित्ता शेयर आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij