२०८३ साउन १० आइतबार

“नेशनल डेभलपमेन्ट देशकै उत्कृष्ट र नमुना संस्था भइसकेको छ”

ई आर्थिक    शनिबार, माघ १२ २०७५
18.1K
Shares
“नेशनल डेभलपमेन्ट देशकै उत्कृष्ट र नमुना संस्था भइसकेको छ”

राजेशहरि जोशी
कार्यकारी अध्यक्ष, नेशनल डेभलपमेन्ट को–अपरेटिभ लि.

नेशनल डेभलपमेन्ट को–अपरेटिभ लिमिटेडले आफ्नो स्थापनाकालको २३ बर्ष पुरा भई २४औं बर्षमा प्रवेश गरेको छ । देशकै सहकारी अभियानमा नेतृत्वदायि भूमिका निर्वाह गरेको यो संस्थाको गरिमा र उचाई अन्य संस्थाको तुलनामा केही अब्बल छ । संस्थाले दिइने सेवाका साथै सदस्यहरुलाई फाइदा तुल्याउने कार्यमा समेत यो संस्थाले आफ्ना कदम अगाडि बढाइरहेको छ । २४औं बर्ष प्रवेश तथा २१औं बार्षिक साधारणसभाको अवसर पारेर संस्थाका कार्यकारी अध्यक्ष राजेशहरि जोशीसँग गरिएको कुराकानी :

नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाईटी लिमिटेड २३ बर्ष पुरा भई २४ औं बर्षमा प्रवेश गरेको छ ? संस्थाको २३ बर्षे कार्यकाल कस्तो रह्यो ?

२०५२ साल पुस २० गते स्थापना भएको नेशनल डेभलेपमेन्ट को–अपरेटिभ सोसाईटी लिमिटेड आफ्नो स्थापनाको सफलतापूर्वक २३ बर्ष पुरा गरी २४ औं बर्षमा प्रवेश गरेको छ । संस्थाको २३ बर्षे कार्यकाल समग्रमा उपलब्धिमूलक भएको छ । विगतमा झै यस संस्थालाई सदस्यहरुको प्रगाढ माया र ममता निरन्तर मिलिरहेको छ । यसले पनि संस्था आफ्नो उद्देश्य र लक्ष्यमा अगाडि बढ्न हौसला, प्रोत्साहनका साथै सफलता मिलिरहेको छ । जसको कारण संस्थाको २३ बर्षे अवधि विगतको तुलनामा अझ उपलब्धिमूलक बन्न पुगेको छ । संस्थासँग सरोकार राख्ने सेयर सदस्य, शुभचिन्तक तथा संघ/संस्था तथा निकायहरुले विगतमा गर्दै आएको माया र सहयोगको अपेक्षा हामीले आगामी दिनमा समेत निरन्तर पाइरहने आशा लिएका छौं ।

संस्थाको चुक्ता सेयर पूँजी कति पुगेको छ ? संस्थाका सेयर सदस्य कस्ता बर्गका रहेका छन् ?
आ.ब. २०७४÷०७५ मा संस्थाको चुक्ता सेयर पूँजी ३ करोड ८७ लाख ३५ हजार ३०० रुपैयाँ पुगेको छ । संस्थाले आफ्नो सेयर पूँजीलाई यस आ.ब. मा १२.८९ प्रतिशतले बृद्धि गरेको छ । प्रत्येक बर्ष संस्थाको सेयर पूँजी बढिरहेको छ । सेयर पूँजीलाई आगामी दिनहरुमा अझै बृद्धि गर्दै लगिने छ । आफ्नो कार्यक्षेत्रमा रहेका व्यवसायी, बुद्धिजीवी, निम्नवर्ग देखि उच्चवर्गका व्यक्तीहरु समेत संस्थामा आबद्धता रहेको छ । संस्थाको सदस्यहरु संस्थाको कार्यालय रहेको स्थानका स्थानीयहरु बढि हुनुहुन्छ । जसमा सबै बर्ग र उमेरका पर्दछन् ।

संस्थाको कारोबार र वित्तीय अबस्था कस्तो रहेको छ ?
संस्था निरन्तर नाफामा नै सञ्चालित हुँदै आएको छ । संस्थाको वित्तीय अवस्था अत्यन्तै मजवुद रहेको छ । वित्तीय अवस्था मजवुद भएको कारणले पनि हाम्रो संस्थाप्रति सदस्यहरुले विश्वास गरेर आप्mनो कारोवारलाई निरन्तरता दिईरहनुभएको छ । संस्थाले दिने सदस्यमूखि सेवा र संस्थाका सञ्चालकहरु समाजमा कहलिएका प्रतिष्ठित व्यक्तिहरु रहेकाले पनि यो संस्थाको कारोबारमा कुनै गिरावट आउने गरेको छैन । यसले आफ्नो लक्ष्यमा अगाडि बढ्न संस्थालाई प्रोत्साहन समेत मिलिरहेको छ । यसको मूल्यांकन हामी व्यवस्थापकीय तहमा रहेका सबै जिम्मेवार व्यक्तिहरुले गरेका छौं । सदस्यहरुको उत्साहलाई थप परिणाममूखि बनाउदै संस्थाका सेयरधनीलाई थप उचित प्रतिफल दिनेमा हामी प्रतिबद्ध छौं । गत आ.व.को तुलनामा यस आ.ब.मा संस्थाले सेयर पूँजीमा १२.८९ प्रतिशत, निक्षेप बचतमा १३.१५ प्रतिशत र कर्जा लगानीतर्फ १३.० प्रतिशत बृद्धि हुनुका साथै आम्दानीतर्फ १२.६३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । त्यसैगरी नाफामा ७६.९३ प्रतिशतले बृद्धि भएको छ । संस्थाले आ.ब. २०७४/०७५ मा करिब १ करोड २२ लाख ३२ हजार ५५ रुपैयाँ कुल नाफा आर्जन गर्न सफल भएको छ । यी सबै तथ्यांक हेर्दा संस्थाको वित्तीय अवस्था मजबुद रहेको छ । आगामी दिनमा अझै परिणाममूखि तथ्यांकमा हाम्रो जोड रहेको छ ।

संस्थाको निक्षेप संकलन तथा कर्जा लगानी कति रहेको छ ?
संस्थाले आ.ब. २०७४/०७५ मा ८५ करोड ७५ लाख ९ हजार ६०८ रुपैयाँ निक्षेप संकलन गरेको गरेको छ । त्यस्तै ९० करोड २३ लाख ४८ हजार ८११ रुपैयाँ लगानी गर्न सफल भएको छ ।

संस्थाको लगानी क्षेत्रमा रहेको छ ? असुलीको अबस्थाको कस्तो छ ?
सदस्यको आवश्यकतालाई मध्येनजर गरेर संस्थाले आफ्नो लगानी केन्द्रित गरेको छ । सदस्यको आर्थिक उन्नती हुने कर्जालाई प्रोत्साहित र आर्थिक उन्नतीमा सहयोग नपुग्ने कर्जालाई संस्थाले निरुत्साहित गर्दै आएका छ । हामीले सदस्यको आवश्यकता बमोजिम विभिन्न शिर्षकमा कर्जा लगानी गर्दै आएका छौं । संस्थाले गरेको लगानीले विशेषगरी सदस्यको आर्थिक उन्नती होस्, रोजगारी बढाओस्, मुलुकको आर्थिक गतिविधि बढाओस् भन्ने हाम्रो सदिक्षा रहेको हुन्छ । कर्जाको लागि हाम्रो ‘फोकस’ सेवामूलक भन्दा पनि उत्पादनमूलक तर्फ रहेको छ । ‘रिजल्ट ओरियन्टेड’ क्षेत्रमा हामीले कर्जाको लागि प्राथमिकता दिएका छौं ।

संस्थाको सेवाबाट सदस्यहरु कत्तिको लाभान्वित भइरहेका छन ?
संस्थामा बचत तथा ऋणका अतिरिक्त सबै वर्ग र उमेरलाई सुहाउने सेवाहरु रहेको छन् । संस्थाबाट जसले सेवा लिन चाहिरहनुभएको छ । उहाँहरु अबश्य पनि लाभान्वित हुनुभएको हामीले पाएका छौं । सदस्यहरुले खुलेरै हामीलाई संस्थाबाट यस्तो सेवा चाहियो भनिदिनुभए हामीले अझ सेवालाई परिमार्जन गर्ने अवसर पाउँथ्यौं ।

संस्थाका सेवा तथा विशेषताहरु के कस्ता छन् ?
देशभर रहेका सहकारी संस्थाको भिडमा यो संस्था केही फरक विशेषता भएको संस्थामा पर्दछ । ललितपुरको मुटुमा रहेको यो संस्थाले विगत १३ बर्ष अघिदेखि आफ्नै भवनबाट आर्थिक कारोबार गर्दै आएको छ । यो संस्थाले सदस्यहरुलाई बचत तथा ऋणका अतिरिक्त विभिन्न आधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले जेष्ठ नागरिकहरु, उत्कृष्ट ऋणीहरु र असल निक्षेपकर्ताहरुलाई हरेक बर्ष सम्मान गर्दै आइरहेको छ । संस्थाले उच्च प्रतिविधिको आवश्यकतालाई आत्मसात गर्दै सदस्यहरुलाई सफ्टवयरको माध्यमबाट सरल, छिटो, छरितो र भरपर्दो सेवा प्रदान गर्दै आइरहेका छौं । सदस्यको सूचना तथा सुविधालाई केन्द्रित गर्दै एसएमएस बैंकिङ सेवा पनि संस्थाले प्रदान गर्दै आइरहेका छ । देशमा चिनिए र गनिएको व्यक्तिहरुको समेत आबद्धता रहेको यस संस्थाको परिपक्वता, विश्वसनीयता र तुलनात्मक उचाई अन्य संस्थाको भन्दा केही बढी रहेको छ ।

सहकारी अभियानमा यो सहकारीले कसरी योगदान पु¥याउँदै आएको छ ? सम्बन्धित अन्य संघ÷संस्थासँग संंस्थाले कसरी समन्वय गरिरहेको छ ?
सहकारी अभियानलाई योगदान दिने कुरामा त झन नेशनल डेभलपमेन्ट सहकारी देशकै अग्रणी संस्थामा पर्दछ । अभियानको नाममा गरिने सबै किसिमका गतिविधिमा यो संस्थाले उल्लेख्य भूमिका खेलेको छ । त्यस्तै यो संस्था अभियानकै विशेष महत्व राख्ने संस्था मध्येमा पर्छ । यो संस्थाको अगुवाई र मेरो विशेष पहलमा राष्ट्रिय सहकारी बैंक स्थापनामा भएको छ । उक्त बैंकमा निवर्तमान अध्यक्षका साथै जिल्ला सहकारी संघ लि. ललितपुरको सल्लाहकार, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ललितपुर सल्लाहकार, ललितपुर उद्योग बाणिज्य संघमा एसोसियट्स सदस्य र केन्द्रीय उपभोक्ता सहकारी संघ लिमिटेडको सदस्य रहेको छ । सदस्यको उचित सम्मानका साथै सहकारी अभियानका हरेक गतिविधिमा यो संस्थाले विशेष योगदान पु¥याउँदै आएको छ । यसको मूल्यांकन सबै सदस्यहरु तथा निकायहरुबाट भएको हामीले महसुस पनि गरेका छौं ।

संस्था स्थापनाको उद्देश्य तथा लक्ष्य के कस्ता थिए ? त्यसमा कत्तिको सफलता मिलेको छ ?
उमेरको हिसावमा पनि संस्था दिन प्रतिपदिन परिपक्व हुदै गएको छ । सदस्यको सामाजिक, सांस्कृतिक तथा आर्थिक उन्नती गर्दै देशेको अर्थतन्त्रलाई समेत टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको यो संस्था आफ्नो उद्देश्य तथा लक्ष्य बमोजिम निरन्तर रुपमा अगाडि बढिरहेको छ । त्यसरी नै संस्थाको लक्ष्य र उद्देश्यमा निरन्तर सफलता पनि मिलिरहेको छ । नेशनल डेभलपमेन्टलाई देशकै उत्कृष्ट र नमुना सहकारी संस्था बनाउने अभियानमा हामी जुटेका छौं । त्यसमा पनि हामीलाई क्रमशः सफलता मिलिरहेको छ । आगामी दिनमा हामी सदस्यहरुबाट समयसापेक्ष र यथोचित सहयोगको अपेक्षा गर्दछौं ।

संस्थाको २१ औं साधारणसभाका महत्वपूर्ण एजेन्डाहरु के कस्ता रहेका छन ?
सहकारीमा साधारणसभालाई महत्वपूर्ण अवसरको रुपमा लिइन्छ । यही सभावाट विगतको प्रगतिको समिक्षा र भावि कार्यक्रमहरु तय तथा पारित गराउने प्रचलन रहेको छ । विगतमा झै यसपटक पनि सदस्यलाई बोनस सेयर र नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछौं । यस संस्थाले पनि यस सभाबाट बार्षिक प्रतिवेदन पारित गर्ने र भावि कार्यक्रम तय गरेको छ । साथै विगतमा झै यस पटक पनि जेष्ठ नागरिक सुरक्षा बचत योजनातर्फ, निक्षेपकर्ताको तर्फ, असल ऋणीका तर्फका सदस्यहरुलाई कदर तथा प्रशंसा पत्र सहित सम्मान गरिने छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले के कस्ता काम गर्दै आएको छ ?
सेयर सदस्य र संस्थाको बृद्धि विकाससँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले समयानुकुल विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । विभिन्न समयमा रक्तदान, टोल सरसफाई सरसफाई, जेष्ठ नागरिक सम्मानका साथै लगायत समयसापेक्ष विभिन्न गतिविधिमा संस्थाले योगदान पु¥याउँदै आएको छ ।

संस्थाका भावि योजना तथा कार्यक्रम के कस्ता रहेका छन् ?
संस्थाले सेयरसम्बन्धी विवरण अधावधिक, व्यवस्थित र प्रभावकारी बनाउन सफ्टवेयर जडान गरी कम्प्युटर प्रणालीमा अभिलेखीकरण गर्ने कार्य सम्पन्न गर्ने, संस्थाको गतिविधि वारे सेयर सदस्यलाई जानकारी गराउने उद्देश्यले ‘नेडेको गतिविधि’ नामक बार्षिक स्मारिका प्रकाशित गर्ने कार्य प्रारम्भ गर्ने, आगामी २०७५ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट अंक ल्याई उतीर्ण हुने सेयर सदस्यका छोरा÷नातीतर्फ १ जना र छोरी÷नातिनीतर्फ एक जनालाई प्रोत्साहन स्वरुप जनही नगद रु. ५ हजार प्रदान गरी प्रशंसापत्र सहित पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिने, यस संस्थासँग आबद्ध जेष्ठ नागरिक, असल निक्षेपकर्ता र उत्कृष्ट ऋणीहरुलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिने र संस्थाका सेयर सदस्यहरुलाई ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरुमा अवलोकन भ्रमण गराउने कार्यलाई निरन्तरता दिइने छ । आगामी दिनमा गरिने सबै कार्यक्रमहरु पनि संस्था र सदस्यको हितलाई केन्द्रमा राखी गरिने छ । सदस्यहरुलाई समय सापेक्ष सेवा प्रदान गर्दै सेयर पूँजी, निक्षेप संकलन बृद्धि गर्ने तथा सोही अनुपातमा कर्जा प्रवाह गर्ने योजना बनाएको छ । संस्थाले विगत केही बर्षदेखि १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ यसलाई कमि गर्न दिइने छैन । त्यसैगरी सेयरधनीहरुलाई उचित प्रतिफल दिन संस्था आगामी दिनमा अझ् प्रतिबद्ध रहनेछ ।

डिभिजन सहकारीले गर्ने कार्य अहिले स्थानीय निकायबाट हुने गरेको छ । पहिला र अहिले पाउने सेवामा के फरक पाउनुभएको छ ?
सहकारी क्षेत्रलाई डिभिजन सहकारीले हेरे पनि, स्थानीय निकायले हेरे पनि हामीलाई सहकारीमूखी सेवा र प्रबद्र्धनमा उदार हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । त्यसका लागि सहकारी अभियानका साथै प्रारम्भीक संस्थाहरु समेत हातेमालो गरेर अगाडि बढ्न तयार छ । जहाँसम्म सेवामा फरकको कुरा छ स्थानीय निकायहरुको लागि यो पहिलो र नयाँ सेवा हो भने डिभिजन सहकारीले धेरै पहिलादेखि बुझिरहेको क्षेत्र हो । मेरो बुझाईमा स्थानीय निकाय अहिले ‘सहकारी’ बुझ्ने क्रममा रहेको छ । विस्तारै बुझ्दै यो क्षेत्रको प्रबद्र्धन र सेवामा स्थानीय निकायले पनि डिभिजनका भन्दा अझ प्रभावकारी सेवा दिनेमा म लगायत आम सहकारीकर्मी विश्वस्त छौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij