काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को उमेर तोकिने भएको छ । बैंक सञ्चालक र सीईओप्रति नेपाल राष्ट्र बैंक कडा रूपमा प्रस्तुत भएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न तयार पारेको मस्यौदामा उमेर हद तोक्नुपर्ने प्रस्ताव छ । सो प्रस्तावअनुसार बैंकको सीईओका लागि ६५ वर्ष र सञ्चालकका लागि ७० वर्षको उमेर हद तोक्ने प्रस्ताव गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । सीईओ र सञ्चालक एउँटै हुँदा वित्तीय क्षेत्र प्रतिस्पर्धी बन्न नसक्ने भन्दै यसअघि गर्भनर डा. चिरञ्जीवी नेपालले बताएका थिए ।
अहिले सोही निष्कर्ष निकाल्दै बैंकका सञ्चालक र सीईओको उमेर हद तोक्न लागेको राष्ट्र बैंकको भनाइ छ । प्रस्ताव गरिएको सो व्यवस्था कार्यान्वयनमा आए कुनै पनि बैंकको सीईओ नियुक्ति हुँदा ६५ वर्ष र सञ्चालक ७० वर्ष नाघेको हुनु नहुने व्यवस्था छ । राष्ट्र बैंकले बाफियाको संशोधन मस्यौदा अर्थ मन्त्रालयमा पठाइसकेको छ ।