२०८३ साउन ९ शनिबार

हस्तकला महासङ्घको अध्यक्षमा शाक्य

ई आर्थिक    आइतबार, पौस २९ २०७५
4.1K
Shares
हस्तकला महासङ्घको अध्यक्षमा शाक्य

काठमाडौँ : नेपाल हस्तकला महासङ्घको अध्यक्षमा सुरेन्द्रभाइ शाक्य निर्वाचित हुनुभएको छ । महासङ्घको आज सम्पन्न ३८औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट शाक्यको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरिएको हो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा प्रचण्ड शाक्य, उपाध्यक्ष (वस्तुगत) दीपेन्द्र शाक्य, उपाध्यक्ष (उद्योग) सनम शाक्य, उपाध्यक्ष (वाणिज्य) रवीन्द्र शाक्य, उपाध्यक्ष (व्यक्तिगत) राजमान बज्राचार्य तथा उपाध्यक्ष (एशोसिएट)मा सुनिल शाक्य निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा हिरा भट्टराई, चूँडादेवसिंह लामा, मोहनकृष्ण मानन्धर, सुनिता श्रेष्ठ, सविता महर्जन, विक्रमसिंह महर्जन, राजेन्द्र शाक्य, प्रताप शाक्य, मनमोहनसिंह मल्ल, जीवनरत्न शाक्य, उपेन्द्र बाराही, सुविन शाक्य, प्रदीप शाक्य, सुदन शाक्य र किरणबहादुर खड्गी निर्वाचित हुनुभएको छ ।

महासङ्घको विधान २०६३ अनुसार सम्पन्न निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिएको हो । कूल २५ सदस्यीय कार्यसमिति रहने महासङ्घमा बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij