२०८३ भाद्र ३१ बुधबार

धान उत्पादन अहिलेसम्मकै बढी

ई आर्थिक    बिहिबार, पौस १२ २०७५
3.4K
Shares
धान उत्पादन अहिलेसम्मकै बढी

गत वर्ष ५१ लाख ५२ हजार टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा झण्डै ९ प्रतिशतले उत्पादन बढेको छ । यो वर्ष १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो । यो वर्ष औसतमा प्रतिहेक्टरमा ३.७६ टन धान उत्पादन भएको थियो । गत वर्ष प्रतिहेक्टर उत्पादनमा ३.५१ टन  थियो ।

सबैभन्दा बढी धान उत्पादन प्रदेश २ मा भएको छ । अन्नभण्डार भनेर चिनिने तराईका जिल्ला रहेको प्रदेश २ मा १४ लाख ९५ हजार टन धान उत्पादन भएको छ । यस्तै प्रदेश १ मा १२ लाख ३८ हजार टन र प्रदेश ५ मा ११ लाख ८९ हजार टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

कृषिबालीमध्ये कुल गार्हस्थ उत्पादनमा धानको सबैभन्दा ठूलो योगदान छ । धानले कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा २३ प्रतिशत र कुल गार्हस्थ उत्पादनमा झण्डै ६ प्रतिशतको हाराहारीमा योगदान पु¥याउँछ ।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij