२०८३ साउन १० आइतबार

न्यूरो चिकित्सक सर्जन सम्मेलन सम्पन्न

ई आर्थिक    मंगलबार, मंसिर १८ २०७५
27.2K
Shares
न्यूरो चिकित्सक सर्जन सम्मेलन सम्पन्न

विराटनगर : न्यूरो चिकित्सक सर्जनहरुको दुई दिवसीय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आज यहाँ सम्पन्न भएको छ ।

नोबेल शिक्षण अस्पताल र एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाइटी फर न्यूरो सर्जरीको संयुक्त आयोजनामा भएको सो सम्मेलनमा ब्राजिल, संयुक्त अधिराज्य, जापान, चीन, भारत, पाकिस्तान, अफ्रिका महादेश, क्यानडा र नेपाल गरी नौ देशका ३० जना वरिष्ठ न्यूरो सर्जन सहभागिता रहेको थियो । यसैगरी विभिन्न देशका करीब १५० जना न्यूरो सर्जरीसम्बन्धी विद्यार्थी र आवासीय चिकित्सकको पनि सम्मेलनमा सहभागिता रहेको आयोजकले जनाएको छ ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तानलगायत देशका न्यूरो सर्जरी चिकित्सकले सम्बन्धित विद्यार्थी र आवासीय चिकित्सकको क्षमता अभिवृद्धिका लागि न्यूरो सर्जरीका विषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।

वरिष्ठ न्यूरो सर्जन डा आइप चेरियन, डा प्रकाश काफ्ले, डा प्रमोद चौधरी, डा भिग्नेस, डा दीपक पौडेल, डा सरन्या लगायतले सम्मेलनमा न्यूरो सर्जरीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनको समापन अवसरमा एशियन काङ्ग्रेस अफ न्यूरोलोजिकल सर्जनका अध्यक्ष प्रा डा योको काटो, एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाइटीका अध्यक्ष डा हीरा बुर्हान, नोबेल न्यूरो विभागका प्रमुख एवं वरिष्ठ न्यूरो सर्जन डा आइप चेरियन लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेको नोबेलमा हरेक वर्ष न्यूरोसम्बन्धी अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij